अभिलाष गुप्ता
फाल्गुन १७ बिरगंज
Advertisement
बिरगंजस्थित गौतम स्कूलको ४८ औं वार्षिक कार्यक्रम आज दोस्रो दिन शनिबार स्कूल प्रांगणमा भव्य रूपमा सम्पन्न भएको छ ।कार्यक्रममा कक्षा एल.केजि. देखि कक्षा एक सम्मका स स-साना बालबालिका एवम् विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा सृजनात्मक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । त्यस्तै, वर्षभरि सञ्चालन भएका विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूको बारेमा पनि जानकारी गराइएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि शस्त्र प्रहरीका एसपी राधेश्याम धिमालको आतिथ्यमा एवम् विशिष्ट अतिथिमा मधेस बिश्वबिधालयका उपकुलपति डा.दिपक शाक्य,उधोग बाणिज्य संघका पुर्व अध्यक्ष गणेश लाठ,समाजसेवी प्रकाश थारु,ओम कुमार झा,कन्या स्कुलका प्र.अ. सुनिता साह,मानवसेवा आश्रमका दिवेश मानवसेवा,स्कोन बाट आयुश गिरि,डा.अशोक दास,डा.उदय सिंह,नेपाल पत्रकार महासङ पर्साका स-सचिव एस.के. चौरसिया,युवराज खडका,अभिलाष गुप्ता,अफरोज अर्पण,जगत राई,आन्नद पटेल,प्रहलाद चौरसिया लगाएतकाहरुको उपस्थिति रहेको थियोे।
Advertisement
विशिष्ट अतिथिमा मधेस बिश्वबिधालयका उपकुलपति डा.दिपक शाक्यले गौतम स्कूलले शिक्षाको क्षेत्रमा वर्षदेखि पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गरे । उनले विद्यार्थीहरूको सिर्जनशीलता र आत्मविश्वास देखेर आफू प्रभावित भएको बताउँदै यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरेका थिए।
त्यस्तै, स्कूलकी सहायक प्रधानाध्यापक परिक्षा पिया लामाले आफ्नो मन्तव्यमा विद्यालयको लामो यात्रा र उपलब्धिहरूबारे प्रकाश पारिन् । उनले ४८ वर्षको अवधिमा विद्यार्थी, शिक्षक र अभिभावकहरूको सहयोगले गौतम स्कूलले यो उचाइ हासिल गरेको बताइन् ।
Advertisement
कार्यकारी निर्देशक सोनम लामाले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक योजना र कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।विद्यार्थीहरूको मेहनत र समर्पणको प्रशंसा समेट गरेका थिए। गौतम स्कूलले आगामी वर्षहरूमा पनि यस्तै रचनात्मक र शैक्षिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा स्कूलका कार्यकारी निर्देशक सोनम लामा, सहायक प्रधानाध्यापक परिक्षा पिया लामा,समाजसेवीहरु, अभिभावक बर्ग,विद्यार्थी एवम् विभिन्न स्कुल बाट आएका शिक्षकहर तथा विभिन्न मिडिया बाट आएका सन्चारकर्मी हरुको उल्लेखनिया विशेष व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो ।सो कार्यक्रम सहजीकरण गौतम स्कूलको शिक्षक सौराज प्रधानले गरेका थिए




















प्रतिक्रिया