अभिलाष गुप्ता
फाल्गुन १८ बिरगंज
Advertisement
आइतवार नेपाल पत्रकार महासंघ, पर्साको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा मृतक अनिल यादवका काका हरिन्द्र यादवले न्यायका लागि गुहारेका छन। पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुरका मृतक अनिल यादवका परिवारजनले दोषीहरूमाथि कडा भन्दा कडा कारबाहीको माग गर्दै पत्रकार सम्मेलन गरेका छन।
गत महिना माघ १३ गते छिपहरमाई गाउँपालिका वडा नम्बर २ स्थित नौगावा उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत अनिल यादवको हत्या गरिएको थियो। सोही विद्यालयमा अध्ययनरत विजय यादवकी छोरी उज्वाला भन्ने मृता कुमारीसँग प्रेम सम्बन्ध रहेको भन्दै केटी पक्षका आफन्तहरूले अनिललाई कुटपिट गरी हत्या गरेको आरोप परिवारजनले लगाएका छन्।
Advertisement
परिवारजनका अनुसार माघ १३ गते खाना खाएर कुखुराको औषधि किन्न वीरगञ्ज आएका अनिल यादवलाई केटी पक्षका राजेन्द्र यादव, विनोद यादव, विजय यादव तथा हिरा साह सोनारको आदेशमा उज्वालालाई प्रयोग गरी वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा स्थित मोहन साह तेलीको घरमा बोलाइएको थियो। साँझ ५ बजे त्यहाँ पुगेका अनिललाई कोठामा थुनेर कुटपिट गर्नुका साथै धारिलो हतियार र पञ्चले प्रहार गरी हत्या गरिएको तथा घर नजिकैको पानी भरिएको खाल्डोमा फालेको जाहेरीमा उल्लेख छरछिमेकीहरूले अनिललाई खाल्डोबाट निकालेर एडभान्स मेडिकेयर अस्पताल लगे पनि अस्पतालले उपचार गर्न अस्वीकार गरेको थियो। त्यसपछि उनलाई एल.एस. न्यूरो अस्पताल पुर्याइएपछि चिकित्सकले मृत घोषित गरेका थिए।
प्रहरीले घटना पश्चात अनिल यादव, विजय यादव, उज्वाला भन्ने मृता कुमारी तथा दिब्यानी कुमारीलाई पक्राउ गरेको थियो। मृतक अनिल यादवका परिवारजनले घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन।




















प्रतिक्रिया