
अभिलाष गुप्ता
फाल्गुन १९ बिरगंज
Advertisement
बिरगंज महानगरपालिका वडा नम्बर २ स्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाको आयोजना तथा राईजिङ बिरगंज नेपाल छपकैयाको पहलमा एवं यस संस्थाका अध्यक्ष अकदस मुस्तफाका विशेष उपस्थितिमा दाता मरियम लेदर ई. का प्रबन्धक फारुख जमाल कुरैसीको सहयोग एवं उपस्थितिमा मुस्लिम सामुदायका महान पर्व रोजाको शुभ अवसरमा २ सय बोरा चामल बितरण गरिएको हो। उक्त चामल को मुल्य ३ लाख २० हजार रुपैया रहेको सामुदायिक प्रहरी सेवा छपकैयाका अध्यक्ष हाजी गयासुदिन ठकुराईले जानकारी गराएका थिए।
उक्त बितरण कार्यक्रममा सबै वर्गहरु लाई लक्षित हुने गरि सम्पुर्ण सामुदायिक वर्गहरु लाई समेटेर अल्पसंख्यक सामुदायका बिपन्न तथा गरिब बालबालिकाहरुको लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यक्रममा को सहयोगमा सो बितरण कार्यक्रम सम्पन्न भएको हो।
Advertisement
उक्त कार्यक्रममा अतिथी अभिलाष कुमार गुप्ता लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको अध्यक्ष हाजी गयासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न भएको हो।
अध्यक्ष हाजी गयासुदिन ठकुराईका अनुसार मुस्लिम सामुदायका महान पर्व रोजाको शुभ अवसरमा प्रभावित सामाजिक उतरदायित्व अन्तर्गत यस प्रकारका राहत कार्यले गरिब तथा बिपन्न परिवारका सदस्यहरु लाई केही हद सम्म सामना गर्न मद्दत पुग्ने उनले बताएका थिए।एवम् सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका सदस्य सहेब हुसैन,ज्याहुल ह्क,कोषाध्यक्ष प्रेम कुमारी सिंह,स-सचिव मदन गुप्ता,वरिष्ठ उपाध्यक्ष अब्दुल हक, बृज भूषण पाण्डे,शिव संकर पन्डित,सोलाजिम मिया लगाएतकाहरुको पनि उपस्थिति रहेको थियो।




















प्रतिक्रिया