लागु औंषध तथा साईबर अपराध,बालबिवाह,दाईजो प्रथा सम्बन्धि जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
फाल्गुन १९ बिरगंज

Advertisement

पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नं.१४ स्थित श्री गौतम सेकेन्डरी स्कुलमा सोमबारको दिन जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा “लागु औंषध तथा साईबर अपराध बालबिवाह,दाईजो प्रथा सम्बन्धि जनचेतनामूलक” कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रम वीरगंजको गौतम सेकेन्डरी स्कुलमा सम्पन्न भएको थियो। सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको आतिथ्यमा सम्पन्न भएको थियो।

Advertisement

सो कार्यक्रमको अध्यक्षता गौतम सेकेन्डरी स्कुलका संचालक सोनम लामाले गर्नु भएको थियो भने सो कार्यक्रममा लागु औषध प्रयोग एवम् सेवनले के कस्ता हानी नोक्सानी हुन्छ भन्ने बारेमा खुलेर विद्यार्थी भाई बहिनीहरुलाई बुझाउनुको साथै प्रशिक्षण समेत दिईएको थियो।

प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले लागु औषध तथा ओसार पसार,साईबर क्राईम,बालबिवाह,दाईजो प्रथा सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियोे। उक्त कार्यक्रममा सोही बिद्यालयका प्रधानाध्यापक,शिक्षक,शिक्षिकाहरु गरि कुल १ सय ३४ जनाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

Advertisement

साईवर अपराधबाट कसरी बच्नु पर्छ के के गरे भने साईवर अपराधबाट जोगिन सकिन्छ भन्ने बारे जनचेतनामूलक प्रशिक्षण समेत दिनु भएको थियो। सो कार्यक्रममा गौतम सेकेन्डरी स्कुलका विद्यार्थी भाई बहिनीहरु तथा शिक्षक शिक्षिका लगायतकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।