म्याग्नस फर्मा द्वारा होटेल भिस्वामा पत्रकार सम्मेलन

 

अभिलाष गुप्ता
फाल्गुन २० बिरगंज

Advertisement

म्याग्नस फर्मा द्वारा होटेल भिस्वामा पत्रकार सम्मेलन आयोजना गरेको छ। उक्त सम्मेलनमा पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल,दिपेन्द्र चौहान,श्याम बन्जारा लगाएतका विभिन्न मिडिया बाट आएका संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियोे।
उक्त कार्यक्रम म्याग्नस फर्माका प्रबन्ध निर्देशक सुधिर प्रसाद मास्केको अध्यक्षतामा सम्पन्न भएको हो।

मास्केका भनाई अनुसार म्याग्नस फर्मा सन् २००७ मा स्थापना भएर सन् २००९ देखि औषधि उत्पादन गर्न सुरु गरेको कम्पनी हो। बिगत १६ वर्षको अवधिमा म्याग्नस फर्मा देशकै एक प्रमुख प्रतिष्ठित औषधि उत्पादकका रुपमा स्थापित छ। म्याग्नस फर्माले अहिले १०९ ब्रान्डसहित २०७ प्रकारका औषधि उत्पादन गरिरहेको छ। तीमध्ये ५ वटा औषधिहरु नेपाली बजारमा पहिलो पटक ल्याईएका र ३४ भन्दा बढी प्रकारका औषधिहरु पहिलो पटक नेपालमा उत्पादन गरिएका छन्। म्याग्नस फर्माले नेपाली बजारमा उपलब्ध नभएका नयाँ तथा नविन प्रबिधिका औषधि उत्पादनमा जोड दिदै आएको छ।

Advertisement

नेपाली बजारमै पहिलोपटक ल्याइएका औषधिहरुमा मधुमेह सम्बन्धि रोगको उपचारमा प्रयोग हुने GLIPTIN (Sitagliptin), अल्जाइमर्सको उपचारमा प्रयोग हुने DOPEZIL (Donepezil) आदि हुन्। त्यस्तै, हेपाटाइटिस सी र बी जस्ता रोगहरुका लागि अत्यावश्यक औषधिहरु SOFUVIR (Sofosbuvir), TENOF (Tenofovir), ENTECA-B (Entecavir) जस्ता औषधिहरु नेपाली ब्रान्डमा पहिलोपटक म्याग्नस फर्माले उत्पादन गरेको हो। नाफा भन्दा पनि सेवाभावबाट प्रेरित भएर मिर्गौला रोगका लागि अत्यावश्यक SONATE (Sodium bicarbonate) (Clonidine) जस्ता औषधिहरु पनि उत्पादन गरिरहेको छ।

विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास (WHO-GMP) मापदण्ड अनुसार औषधि उत्पादन गर्दै आएको यस कम्पनीले समय अनुसार प्रविधि र उत्पादन पद्धतिलाई परिमार्जित गर्दै आएको छ। जसले म्याग्नस फर्मालाई अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र कुशल व्यवस्थापनयुक्त कम्पनीको दर्जामा स्थापित गरेको छ।

Advertisement

नेपाली बजारमा यस कम्पनीका औषधिहरु गुणस्तरयुक्त तथा भरपर्दो उत्पादकको रुपमा स्थापित छन्। साथै यस कम्पनीका उत्पादनहरुमा रहेको उच्च गुणस्तरका कारण विश्व बजारमा समेत प्रवेश पाएका छन् । भेनेजुएला, मौरिसियस जस्ता देशहरुमा कम्पनीले निर्यात समेत थालेको छ। जसले देशको व्यापार घाटा न्युनिकरणमा समेत योगदान गरिरहेको छ ।
कम्पनीको उत्पादन र कुशल व्यवस्थापनको मूल्यांकन विभिन्न समयमा हुँदै आएको छ। सन् २०१९ मा प्राप्त Pharma Leadership Award र सन् २०२३ मा प्राप्त Corporate Excellence Award यसका केहि उदाहरणहरु हुन् ।
विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास (WHO-GMP) तथा विभिन्न अन्तराष्ट्रिय मापदण्ड अनुसार म्याग्नस फर्माको अत्याधुनिक प्यारेन्टेरल प्लान्ट निर्माणको अन्तिम चरणमा रहेको छ।

सामान भण्डारण क्षेत्र

जम्मा ७,८४६ वर्ग फिटमा अत्याधुनिक तथा स्वचालित सामान भण्डारण कक्ष (क्षेत्र) निर्माण गरिएको छ, जसमा प्रत्येकमा ७ तता भएको २९ वटा मोबाइल न्याकिङ्ग सिस्टमको व्यवस्था गरिएको छ, जसले भण्डारण क्षमतालाई धेरै गुणा वृद्धि गर्दछ। म्याग्नस फर्मा नेपालमा मोबाइल प्याकिङ सिस्टम स्थापना गर्ने पहिलो फर्मा कम्पनी हो। मोबाइल याकिङ्ग सिस्टममा दुई मुख्य भागहरू हुन्छन्ः प्याक र रेलहरू। रेलहरू जमिनमा बनाइन्छ ताकि प्यकहरू सजिलै चलाउन सकियोस्। यकहरूलाई एक पूरा इकाईको रूपमा वा एकल रूपमा पछाडि र अगाडि सार्न सकिन्छ।

Warehouse को हावा को गुणस्तर कायम राख र अशुद्ध हावाको सर्कुलेशनले सिर्जना गर्ने प्रदूषण र क्रस-कन्टामिनेसन रोक्नको लागि कुल ८ वटा AHUs Warehouse मा स्थापना गरिएको छ।Warehouse को तापक्रम र आद्रता कच्चा पदार्थ र प्याकेजिङ्ग सामग्रीको आवश्यकता अनुसार नियन्त्रण गरिएको छ र यी मापदण्डहरूलाई नियमित रूपमा अनुगमन गरिन्छ।Warehouse लाई चार छुट्टे क्षेत्रहरूमा विभाजन गरिएको छ।कच्चा सामग्री (Raw material) भण्डारण क्षेत्र,
प्राथमिक (Primary) प्याकेजिङ्ग सामग्री भण्डारण क्षेत्र,दोस्रो (Secondary) प्याकेजिङ्ग सामग्री भण्डारण क्षेत्र र तयारी सामग्री (Finished goods) भण्डारण क्षेत्र नकोटिक्स र साइकोट्रोपिक औषधिहरू सुरक्षित तवरले भण्डारणको व्यवस्था गरिएको छ। Warehouse मा विशेष प्रकारका संवेदनशील औषधिहरुको सुरक्षित भण्डारणका लागि २ देखि ८ ८ तापक्रमको कूल चेम्बरको व्यवस्था गरिएको छ।

म्याग्नस फर्माका अध्यक्ष सन्दिप तुल्सिपानका अनुसार
विश्वसनीयता बजारमा स्थापित भैसकेको छ। अब आउन लागेको Injectable औषधिहरु देशको स्वास्थ्य क्षेत्रको लागि जल्यावस्यक औषधिहरूमा पर्दछ। यी आउन लागेको औषधिहरुले गुणस्तरमा कुनै सम्झौता नगरिकन, देशको औषधि आयात लाई प्रतिस्थापन गर्ने लक्ष्य लीएका बताएका थिए।

म्याग्नस फर्माका प्राबिधिक निर्देशक सर्वोत्तम गिरिका भनाई अनुसार हाम्रो आउदै गरेको Injectable Plant को उ‌द्घाटन नजिकिदै गर्दा म अत्यन्त उत्साहित र आशावादी छु। यो हाम्रो लागि एउटा महत्वपूर्ण क्षण हो। Injectable औषधि निर्माण प्रक्रिया अत्यन्त संवेदनशील विधा भएकोले यसमा अपनाईने निर्माण प्रबिधि तथा नियमन मापदण्डहरु प्रति हामी अत्यन्त सजग तथा चनाखो छौं। नेपालको औषधि उद्योगमा यो Injectable Plant एउटा कोसेढुङ्गा सावित हुने कुरामा हामी ढुक्क छो। म लगायत सम्पूर्ण प्रबिधि टोलिको लागि यो चुनौती र अवसर दुबै हो। यस अवसरमा म. देश, जनता तथा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याउन सुरक्षित, असरदार तथा उच्चतम गुणस्तरीय औषधि उत्पादन गर्न कटिबद्ध रहने बताएका थिए।

म्याग्नस फर्माका वित्तीय निर्देशक विनित लोहियाका भनाई अनुसार म्याग्नस फर्माको Injectable Plant, Warehouse आदि मा थप एक अर्ब भन्दा बढी को लगानी गरिसकेका छौं। हामीले उच्च गुणस्तरको औषधि उत्पादनको लागि कुनै सम्झौता नगरिकन लगानी गरेका छौं। देशको वर्तमान सिथिल अर्थतन्त्र तथा रोजगारी प्रवर्धनमा थोरै भएपनि टेवा पुग्ने बिश्वास लिए‌का बताएका थिए।

म्याग्नस फर्माका प्रबन्ध निर्देशक सुधिर प्रकाश मास्केका अनुसार जिब्रो हैन, हात चलाऊ भन्ने उक्ति लाई पछ्‌याउँदै तमाम कठिनाई, चाथा, अवरोधका बाबजुद हामी Injectable Plant निर्माणको अन्तिम चरणमा पुगेका छौं। गुणस्तरीय तथा सुरक्षित औषधि प्रयोग गर्न पाउनु प्रत्येक नेपालीको मौलिक अधिकार हो। यसै सूत्रलाई ध्यानमा राख्दै औषधिको गुणस्तरीयतामा कुनै सम्झौता नगरिएको र नगरिने प्रतिबद्धता व्यक्त गरेका थिए।Injectable Plant ले देशको स्वास्थ्य क्षेत्रमा ठोस योगदान दिनुका साथै औद्योगीक विकाश तथा रोजगारी सृजनामा समेत सकारात्मक योगदान पुऱ्याउने अपेक्षा गरेका थिए।