दाईजो मुक्त विवाह गर्ने दुई जोडी सम्मानित

 

अभिलाष गुप्ता
फाल्गुन २०, वीरगन्ज

Advertisement

पर्साको वीरगन्ज महानगरपालिका वडा नं १७ अलौमा दाईजो मुक्त विवाह गर्ने दुई जोडीलाई दुई संस्थाले सम्मान गरेको छ।

बाराको महागढीमाई नगरपालिका वडा नं १ बरियारपुर निवासी तथा राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाराका बरिष्ठ अनुसन्धान सहायक बिकाश कुमार साह पर्साको वीरगन्ज महानगरपालिका वडा नं १७ अलौ निवासी डा. रिमा साह संग दाइजो बिना फाल्गुन १८ गते विवाह गरेका थिए।

Advertisement

दाईजोको लागि छोरीलाई यातना, मानसिक तनाव दिने समाजमा दाईजो मुक्त विवाह गरी समाजमा उदाहरण पेश गरेकाे उक्त जोडीलाई दाईजो एवम् सामाजिक कुरीति बिरुद्ध जागरण मञ्च वीरगन्ज र बाल विवाह एवम् दाइजो उन्मुलन अभियानले विवाह मण्डपमै सम्मान गरेको थियो।

उक्त जोडीलाई दाईजो एवम् सामाजिक कुरीति बिरुद्ध जागरण मञ्च वीरगन्ज पर्साका उपाध्यक्ष प्रकाश थारु, सचिव मनोज कुमार मिश्रा, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, संचारकर्मी अभिलाष गुप्ता र कन्हैया पटेलले दोसल्ला र माला ओढाई सम्मान पत्रद्वारा सम्मानित गरेको हो।

Advertisement