महिलाहरुलाई दक्ष तथा आत्मनिर्भर बन्न बिरगंजका २० जनालाइ सिलाइ कटाइ मेशिन बितरण

 

अभिलाष गुप्ता
फाल्गुन २१ बिरगंज

Advertisement

सरिता सीप कला केन्द्र बीरगंज पर्साको आयोजना तथा बीरगंज महानगरपालिका वडा नम्बर ४ वडा कार्यालय बीरगंजको सहयोगमा संचालित ९० घन्टे सिलाईकटाई तालिम समापन समारोह कार्यक्रममा वडा अध्यक्ष कानुले प्रमाण पत्र सहित सिलाइ मेशिन बितरण गर्ने क्रममा यो तालिमको उपलब्धि संगै घरमा बसेर दुइचार पैसा आम्दानी गर्न मद्दत पुराउने उदेश्यले यो मेसिन महिलाहरुलाई वितरण गरिएको बताए।

वडा नम्बर ४ का वडा अध्यक्ष साह कानुले भने विगत ५ वर्ष देखि हरेक महिलाहरुलाई टेवा पुराउन तालिम संगै मेसिन वितरण गदै आइरहेको बताएका हुन ।तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको कानुले आफ्नो वडाका महिलाहरुलाई दक्ष तथा आत्मनिर्भर होस् भन्ने उदेश्यले यो तालिम आयोजना गरेको बताएका छन् ।

Advertisement

सीप सिकौं रोजगार गरौं भन्ने मुल नाराका साथ शुरु भएको ९० घण्टे सिलाइ कटाइ तालिम आज विधिपुर्वक सम्पन्न भएको छ। सरिता सीप कला केन्द्र बीरगंज पर्साका अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा तालिम सम्पन्न भएको हो ।

तालिममा सहभागी भएका २० जनालाई सिलाइ मेशिन बितरण गरिएको छ। तालिमको समापन समारोहमा बोर्ड सदस्य राधा कार्की वडा सदस्य शर्मा प्रशिक्षक सरिता गुप्ता , संयोजक बंशीधर गुप्ता लगायतको उपस्थित रहेको थियो।

Advertisement