विधार्थी समस्या समाधानका लागि ठाकुर राम क्याम्पसकाे स्ववियु निर्वाचनमा सभापति पदकाे प्रत्याशी उम्मेद्वार : श्याम प्रसाद गुप्ता

 

अभिलाष गुप्ता
फाल्गुन २१ बिरगंज

Advertisement

ठाकुर राम बहुमुखी क्याम्पस, वीरगन्जमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सरगर्मी बढ्दै गएको छ। त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेसँगै विद्यार्थी नेताहरू आ-आफ्नो तयारीमा जुटेका छन्। यसै सन्दर्भमा आधुनिक शिक्षा अबको आवस्यकता भन्ने नाराका साथ श्याम प्रसाद गुप्ताको लोकप्रियता उल्लेखनीय रूपमा बढिरहेको छ।

श्याम प्रसाद गुप्ता विद्यार्थीहरू माझ मिलनसार व्यक्तित्वका रूपमा परिचित छन् र उनले यसपालिको निर्वाचनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनका अनुसार, स्ववियु निर्वाचन कुनै पनि हालतमा यस वर्ष ठाकुर राम क्याम्पसमा हुनुपर्छ। विगतमा आपसी द्वन्द्वका कारण क्याम्पसमा निर्वाचन स्थगित हुँदै आएकोमा उनले यसलाई विद्यार्थीहरूको लागि दुःखद भएको बताएका छन्।

Advertisement

उनले भनेका छन स्ववियु निर्वाचन भनेको विद्यार्थीहरूको हकहितका लागि हो। विद्यार्थीहरूको ठूलो त्याग तपस्याबाट बनाइएको यो प्रणाली केही सीमित व्यक्तिको खराब मनसायका कारण लामो समयसम्म ठाकुर राम क्याम्पसमा चुनाव हुन सकेको छैन। विद्यार्थी नेतृत्व र स्ववियु निर्वाचन भनेको भोलिको देशको नेतृत्व उत्पादन हुने थलो हो। यस हिसाबले पनि यो पालि निर्वाचनको हुनैपर्ने।

श्याम प्रसाद गुप्ताले आफू संग भारी संख्यामा विद्यार्थीहरूको समर्थन रहेकोले सभापति पदमा उम्मेदवारी दिएर विजयी हुने विश्वास व्यक्त गरेका छन्। साथै, उनले विद्यार्थीहरूको हकहितको लागि सधैं लड्न तयार रहेको बताएका छन्। क्याम्पसमा प्राध्यापक तथा शिक्षकहरूको निजी क्याम्पसप्रतिको झुकाव, पठनपाठनमा ध्यान नदिनु, कर्मचारीहरूको अभाव तथा लापरवाहीका कारण क्याम्पसको शैक्षिक स्तर ओरालो लागेको भन्दै उनले यस्ता गतिविधि रोक्न आफू सधैं तत्पर रहने बताएका छन्।

Advertisement

ठाकुर राम क्याम्पसमा लामो समयदेखि स्ववियु निर्वाचन हुन नसकेको अवस्थामा यसपटकको निर्वाचनले विद्यार्थीहरूको हकहित र क्याम्पसको शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

आफू निर्वाचित भए पछि विद्यार्थीहरूको हक-अधिकारका लागि आवाज उठाउने, ठाकुर राम बहुमुखी क्याम्पसमा शैक्षिक सुधारका कार्यक्रमहरू सञ्चालन गर्ने, र क्याम्पस प्रशासनसँग क्याम्पस सुधार का कुराहरु चौतर्फी रुपमा गर्ने बताए । यश क्याम्पसका विद्यार्थीहरूको समस्याहरूको समाधान गर्न र शैक्षिक वातावरण सुधार गर्न एक चोटि आफु लाई जिताएर सहयोग गरि दिन उनले आग्रह गरेका छन।