विज्ञान प्रदर्शनी र कला,हस्तकला तथा शिल्प २०८१ सम्पन्न

 

अभिलाष गुप्ता
फाल्गुन २३ बिरगंज

Advertisement

बिरगंज महानगरपालिका वडा नम्बर ४ स्थित बिकन माध्यमिक विद्यालयद्वारा एक कार्यक्रमको आयोजना गरि विज्ञान तथा कला र हस्तकला प्रदर्शन २०८१ आफ्नै विद्यालय परिसरमा सम्पन्न गरेको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी,विशिष्ट अतिथीमा वडा नम्बर ४ का वडा सदस्य शर्मा गोसाई, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह,संचारकर्मी अभिलाष गुप्ता,समाजसेवी एवं सामुदायिक प्रहरी कुम्हालटाेल का सचीव श्रवनबहादुर रायमाझी लगाएतकाहरुको विशेष उपस्थिति रहेको थियोे।

आजको कार्यक्रम बिकन माध्यमिक विद्यालयका प्रधानाध्यापक जय कुमार दनुवारको अध्यक्षतामा सम्पन्न भएको थियोे

Advertisement

बिकन माध्यमिक विद्यालयका संचालक एवम् समाजसेवी प्रकाश उपाध्यायका भनाई अनुसार प्रदर्शनको उद्देश्य विद्यार्थीहरूलाई वैज्ञानिक सोच, नवीनता, र अनुसन्धानमा अभिप्रेरित गर्दै व्यावहारिक शिक्षाको अवसर प्रदान गर्नु हो।विद्यार्थीहरूको सिर्जनशीलता र लगनशीलतालाई प्रोत्साहित गर्ने उदेश्यका साथ यो कार्यक्रम गरिएको हो। यस प्रदर्शनको मुख्य उदेश्य बिद्यार्थीहरुको मनोबल उच्च बनाउनेतर्फ प्रमुख प्रेरणाको स्रोत हुने बताएका थिए।

उक्त कार्यक्रममा बिकन माध्यमिक विद्यालयका प्रधानाध्यापक जय कुमार दनुवार,शिक्षक सुबास भट्टराई,संचालक सार्दुल भट्टराईको विशेष उपस्थिति रहेको थियोे भने कार्यक्रम सहजीकरण बिकन माध्यमिक विद्यालयका संचालक सार्दुल भट्टराईले गरेका थिए।

Advertisement