अभिलाष गुप्ता
फल्गुन २३ बिरगंज
Advertisement
बिरगंजको घन्टाघर चौक स्थित आज क्रियाशिल युवा पत्रकार मञ्च नेपाल द्वारा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। क्रियाशिल युवा पत्रकार मञ्च नेपाल द्वारा तेस्रो पटक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो।आजको रक्तदान कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा विशिष्ट अतिथिमा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुको उपस्थिति रहेको थियोे भने उक्त रक्तदान कार्यक्रमको अतिथिमा जिल्ला ट्राफिक कार्यालय प्रमुख , समाजसेवी प्रकाश थारु , वडा प्रहरी बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं , सामुदायिक प्रहरी कुम्हालटाेलका सचीव श्रवन बहादुर रायमाझी,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह , समाजसेवी राजेन्द्र भट्टराई लागाएतकाको विशेष उपस्थिति एवं क्रियाशिल युवा पत्रकार मञ्च नेपालका अध्यक्ष प्रणय साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने उपाध्यक्ष आन्न्द पटेल , सचिव बिरेन्द्र साह , कोसाअध्यक्ष उपेन्द्र बरई , सदस्यहरु उपेन्द्र पटेल, अरुण साह , दिनेश ठाकुर , मुकेश गुप्ता कन्हैया बर्णवाल लागायतकाको उपस्थिति रहेको थियो।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र लगाएतकाहरुको विशेष उपस्थिती रहेको थियो।
आजको रक्तदान कार्यक्रममा १ महिला सहित ३१ जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए । रक्त दान गर्नु हुनेमा संचारकर्मी कृष्ण कुश्वाहा,उमेश नारायण मानन्धर,आदित्य कुमार महरा,नारायण क्षेत्री,राजेश दास,राज कुमार सहनी,लोकेश रावत,राजिव कुमार झा,मन्जय साह,रोहित राज,राज बिधा पन्जियार लगाएतकाले आफ्नो अमुल्य रक्त दान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप शाखाका युवा संयोजक अभिलाष गुप्ता एवं बिरगंज रक्त संचार केन्द्रका दिल्ली माया घिमिरे ,नमित चौरसिया, समीर हासमी, श्री राम शर्मा लगायतकाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।



















प्रतिक्रिया