कंचनजंगा बोर्डिङ स्कुलको विद्यार्थी द्वारा बिदाई कार्यक्रम भब्य एवं सब्यरुपमा सम्पन्न

 

अभिलाष गुप्ता
फाल्गुन २३ बिरगंज

Advertisement

बिरगंज महानगरपालिका रामटाेलमा अवस्थित कंचनजंगा बोर्डिङ स्कुलको कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का बिद्यार्थीहरुको लागि एक कार्यक्रमको आयोजना गरि भब्य एवं सब्यरुपमा एकदम धुम धामका साथ बिदाई कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप कुमार चौरसियाको आतिथ्यमा सम्पन्न भएको हो भने विशिष्ट अतिथीमा बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह,सामुदायिक प्रहरी कुम्हालटाेलका अध्यक्ष रमेश चौधरी, सचिव श्रवन बहादुर रायमाझी,संचारकर्मी अभिलाष गुप्ता,बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई,
युवराज केशरी लगाएतका विशिष्ट ब्यक्तीहरुको उपस्थिति रहेको थियोे। उक्त कार्यक्रम कंचनजंगा बोर्डिङ स्कुलका प्रीन्सिपल वसन्त बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको हो।
स्वागत नृत्य कक्षा ७ का विद्यार्थीहरुले गरेका थिए।

सिईईका विद्यार्थीहरुलाई सभ्य एवं भव्य रूपले विदाई एवम् मि. एण्ड मिस कंचनजंगा प्रतियोगीता सम्पन्न भएको थियोे।
उक्त प्रतियोगितामा चार जना निर्णायक मंडलीमा रुपसि क्षेत्री,पाण्डे सर,प्रोसिका खडकि,किरण आचार्य थिए।

Advertisement

निर्णायक मंडली द्वारा दिव्यान्स नारायण,अभिशेक गुप्ता छात्रातर्फ समीक्षा तिवारी,आकृति प्याकुरेल,अर्चना गुप्ता बिजेता भएका थिए।विजेताहरु लाई प्रमाणपत्र मेडलको साथ मायाको चिनो प्रदान गरिएको थियो भन्ने सहभागी सम्पूर्ण सिईई विद्याथीहरुलाई साथ विजेता लाई मेडल प्रमाणपत्र एवं माया को चिनो प्रदान गरिएको थियो।

कार्यक्रम संचालन कंचनजंगा बोर्डिङ स्कुलका शिक्षक मार्टिन मोक्तानले गरेका थिए। उक्त कार्यक्रम सहजीकरण सोही स्कुलका विद्यार्थी मन्नु साह र भावना चौधरीले गरेका थिए।

Advertisement