वीरगंज जेसिस द्वारा ४ जना नारीलाई सम्मानित

 

अभिलाष गुप्ता
फाल्गुन २४ बिरगंज

Advertisement

अन्तर्राष्ट्रिय नारी दिवसकाे उपलक्ष्यमा वीरगंज जेसिसले चार जना नारीलाई सम्मानित गरेकाे छ। शनिबार वीरगंज पब्लिक कलेजकाे सभाकक्षमा आयाेजित कार्यक्रममा वीरगंज जेसिसले वीरगंज जेसिसकी संस्थापक उषा शाह,नेपाल रेडक्रस साेसाइटी पर्साकी उपसभापति मधु राणा,महिला अधिकारकर्मी श्रीला सरकार र प्रहरी जवान कमला कुमारी तमाङलाई सम्मानित गरेको हाे।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उनिहरुलाई दाेशल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरे।कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले महिलामाथिकाे विभेद अन्त्यका लागि घरबाटै थालनी गर्नुपर्ने बताए । उनले महिलामाथि हिंसा र विभेद गर्नेलाई सामाजिक बहिष्कारकाे अभियान सुरु गर्न आह्वानपनि गरे।

Advertisement

वीरगन्ज जेसिस बर्ष २०२५ का अध्यक्ष सराेज चाैरसियाकाे अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गाैतम मिश्र,वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गाेपाल केडिया,वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैगाई,सिमरा जेसिसका अध्यक्ष द्वारिका पाैडेल,संचारकर्मी क्रान्ति साह,अभिलाष गुप्ता,राहुल गुप्ता ,मानव सेवा आश्रमका देवेश गुप्ता लगायतकाकाे पनि सहभागीता रहेको थियाे ।

Advertisement