अभिलाष गुप्ता
फाल्गुन २४ बिरगंज
Advertisement
वीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित सन साइन इंग्लिश बोर्डिङ स्कूलले शनिबार आफ्नो २५ औं वर्षगाँठ भव्यताका साथ मनाएको छ । आफ्नो २५ औं वर्षगाँठको अवसरमा विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजनागरी मनाईएको हो भने घन्टाघर स्थित होटल क्लासिकमा विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा विद्यार्थीहरुले नृत्य, बक्तित्व कला, गायन, सामाजिक संदेश दिने खालका सामूहिक ड्रामा, लगायतका मनोरञ्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।स्कूलका सञ्चालक डाक्टर प्रमोद कुशवाहाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले कार्यक्रमको समुद्घाटन गर्दै कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।
वीरगन्ज यूवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईका अनुसार यस स्कूलले विगत २५ वर्षदेखि शिक्षा क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आइरहेको हुनाले स्कूलको खुलेर प्रशंसा गरेका थिए । प्रमुख अतिथी कर्णले यस स्कूलका बिधार्थी, शिक्षक शिक्षिका लगायत सम्पूर्ण टिमको कडा मिहिनेत देखेर आफूलाई धेरै खुशी लागेको बताए । उनले स्कूलका विद्यार्थीहरुले नृत्य, ड्रामा, सामाजिक संदेश लगायतका प्रस्तुतिहरु निक्के प्रभावशाली रहेको र आउने दिनमा अझ राम्ररी गर्दै शिक्षा प्रदान गर्न आग्रह गरे । साथै उनले अभिभावकहरुलाई पनि धन्यवाद दिए ।
Advertisement
उक्त अवसरमा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, प्याब्सन वीरगन्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगन्ज यूवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई,अभिलाष गुप्ता, मानवसेवा आश्रमका देवेश मानवसेवा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बिधालयमा बढी समय दिने र उतकृष्ट शिक्षकको पुरस्काबाट शिक्षिका रिधि पटेललाई सम्मानित गरिएको थियो । साथै विधालयले आयोजना गरेको विभिन्न प्रतियोगिताहरुमा प्रथम, दोस्रो र तेस्रो हुने विधार्थीहरुलाई मेडल, शिल्ड र प्रमाणपत्र वितरण गरिएको विधालयका प्रधानाध्यापक अमित आलोक कुश्वाहाले जानकारि दिए ।कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका सञ्चारकर्मी लगयतहरुको सहभागीता रहेको थियो ।




















प्रतिक्रिया