अभिलाष गुप्ता
फाल्गुन २४ बिरगंज
Advertisement
बिरगंजको सेस्मी स्कूलले आज विज्ञान प्रदर्शनी एवं फुडफेस्ट महोत्सवको आयोजना गरेको छ। यस कार्यक्रममा विद्यालयका कक्षा ४ देखि ८ सम्मका करीब२ सय विद्यार्थीहरूले विज्ञान सम्बन्धी विभिन्न कलात्मक प्रस्तुति दिएका छन्। साथै, तराई मधेशमा पकाइने विभिन्न परिकारहरू बनाई प्रदर्शनीमा आएका अभिभावकहरूलाई बिक्री गरिएको छ।
यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको वैज्ञानिक सोच र रचनात्मकता बढाउनु र साथै तराई मधेशको परम्परागत खानपान संस्कृतिलाई प्रदर्शन गर्नु रहेको डाईरेक्टर मनोज यादवले बताए । विद्यार्थीहरूले विज्ञानका विभिन्न प्रयोगहरू, मोडेलहरू र आविष्कारहरू प्रस्तुत गरेका थिए। यसले विद्यार्थीहरूको वैज्ञानिक ज्ञान र प्रतिभालाई उजागर गरेको उनले थपे ।
Advertisement
खाजा महोत्सवमा विद्यार्थीहरूले आफ्ना अभिभावकहरूका लागि तराई मधेशको परम्परागत खानपान जस्तै माछा, पिठा, चनाभुजा, सलाद , खाजा, पुरी, चटनी लगायतका व्यंजनहरू बनाएर प्रदर्शन गरेका थिए। यसले विद्यार्थीहरूको पाककला क्षमता र सांस्कृतिक ज्ञानलाई पनि उजागर गरेको छ।
विद्यालयका प्रधानाध्यापकले यस कार्यक्रमलाई विद्यार्थीहरूको सृजनात्मकता र सामूहिक सहकार्यको उत्कृष्ट उदाहरण बताउँदै भने, यसले विद्यार्थीहरूको आत्मविश्वास बढाउन मद्दत गरेको छ। साथै, विज्ञान र संस्कृतिको संयोजनले विद्यार्थीहरूलाई नयाँ अनुभव दिएको छ।
Advertisement
यस कार्यक्रममा विद्यार्थीहरूका अभिभावक, शिक्षकहरू र स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। विद्यालयले यस्ता कार्यक्रमहरू मार्फत विद्यार्थीहरूको सामाजिक, सांस्कृतिक र वैज्ञानिक ज्ञान बढाउने प्रतिबद्धता जनाएको छ। उक्त कार्यक्रममा विभिन्न मिडिया बाट आएका संचारकर्मीहरुको उल्लेखनीयरुपमा सहभागिता रहेको थियो।




















प्रतिक्रिया