अभिलाष गुप्ता
बीरगंज २४ फाल्गुन
Advertisement
दोश्रो वीरगञ्ज गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको छ । आज भएको फाईनल खेलमा मच्छिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गर्दै यसबर्षको उपाधि उचालेको हो । पुलिस क्बल साविक विजेत पनि हो । प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपाल पुलिस क्लवका राम वागे घोषित भई स्कुटी प्राप्त गर्न सफल भएका छन ।
उत्कृष्ट किपर नेपाल पुलिसका अमित टमाटा लाई २० हजार नगद प्रदान गरिएकोछ भने उत्कृष्ट कोच नेपाल पुलिस क्लवका चेतन घिमिरेलाई समेत नगद २० हजार दिईएको छ । यसैगरी आजको म्याद अफ दि म्याचको पुरस्कार मच्छिन्द्र क्लवका समिर राज ठोकरले प्राप्त गरेका छन ।
Advertisement
प्रतियोगिताको विजेता नेपाल पुलिस क्लब ले ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छ । यस्तै उपविजेता हुने मच्छिन्द्र क्लब ले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छ ।




















प्रतिक्रिया