भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीद्वारा उदघाटन

 

अभिलाष गुप्ता 
फाल्गुन २४ बिरगंज

Advertisement

बीरगंज महानगरपालिका वडा नम्बर ८ मा रहेको एन्जल वर्ल्ड स्कुलको २१ औं वार्षिकोत्सब समारोह आज नगर सभा हलमा सम्पन्न भएको छ। एन्जल वर्ल्ड स्कुलका निर्देशिका पवित्रा प्रधानको अध्यक्षता तथा मधेस प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यमा सो वार्षिकोत्सब समारोह सम्पन्न भएको हो ।वार्षिकोत्सब समारोहको उदघाटन गर्ने क्रममा मन्त्री क्षेत्रीले यस बिधालयले अहिलेसम्म उत्कृष्ट विद्यार्थीहरु उत्पादन गरिरहेकोमा गर्व गर्नुपर्ने ठाउँ रहेको बताए ।

शिक्षा हासिल गर्न असल अभिभावक असल शिक्षक,असल स्वाभाव हुनुपर्नेछ भनेर बताएका हुन ।समाज निर्माण गर्न सबैको साथ सहयोग आवश्यकता रहने भएकाले आफ्नो संस्कार संस्कृति संरक्षण गर्ने हामी सबैको उतिकै जिम्मेवारी रहने मन्त्री क्षेत्रीको भनाइ रहेको छ। अहिले लोकतन्त्र गणतन्त्र संघीयता विरोधीहरुले केही भएको छैन भन्ने एक प्रकारको हल्ला फैलाउने काम गरेकोमा त्यो सबै गलत भएको बताए । अहिले टोल टोलमा शिक्षा स्वास्थ्य सडक पुगेको तर पहिला यो सबैथोक नभएको जिकिर गरे ।

Advertisement

निर्वाचनबाट निर्वाचित प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष पुरन प्रधान ,प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र आफ्नो बिधालय बाट एसइइ परिक्षामा पर्सा उत्कृष्ट गरेका विद्यार्थीहरु आचाल पटेल सहनाज खातुन ,गौरव प्रताप पटेल लगायतलाई मायाको चिनो र दोसल्लाले सम्मानित गरिएको स्कुलका प्रबन्धक निर्देशक राम श्रेष्ठले जानकारी दिनुभएको छ।

वार्षिकोत्सब समारोहमा बिरगंज युवा समाजका संस्थापल अध्यक्ष कमल चौगाई,पर्सा तयाक्दो संघका अध्यक्ष गणेश श्रेष्ठ लगाएतकाहरुको उपस्थिति रहेको थियोे।विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुति गरेका थिए।कार्यक्रमको सहजिकरण पत्रकार सुर्य विकले गरेका थिए।

Advertisement