डिएभी स्कुलका विद्यार्थीहरु द्वारा विज्ञान सम्बन्धि विभिन्न बैज्ञानिक प्रविधिको प्रदर्शनी सम्पन्न

 

अभिलाष गुप्ता
फाल्गुन २४ बिरगंज

Advertisement

डिएभी स्कुल द्वारा एक कार्यक्रमको आयोजना गरि विज्ञान सम्बन्धि हस्तकला प्रदर्शन आफ्नै विद्यालय परिसरमा सम्पन्न गरेको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले उदघाटन गर्नुभएको छ। उक्त कार्यक्रममा शिक्षक विद्यार्थीबर्ग लगाएतकाहरुको विशेष उपस्थिति रहेको थियोे।

आजको कार्यक्रम डिएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्राको अध्यक्षतामा सम्पन्न भएको थियोे

Advertisement

प्रधानाध्यापक राकेश मिश्राको भनाई अनुसार प्रदर्शनको उद्देश्य विद्यार्थीहरूलाई वैज्ञानिक सोच, नवीनता, र अनुसन्धानमा अभिप्रेरित गर्दै व्यावहारिक शिक्षाको अवसर प्रदान गर्नु हो।विद्यार्थीहरूको सिर्जनशीलता र लगनशीलतालाई प्रोत्साहित गर्ने उदेश्यका साथ यो कार्यक्रम गरिएको हो। यस प्रदर्शनको मुख्य उदेश्य बिद्यार्थीहरुको मनोबल उच्च बनाउनेतर्फ प्रमुख प्रेरणाको स्रोत हुने बताएका थिए।

Advertisement