अभिलाष गुप्ता
फाल्गुन २४ बिरगंज
Advertisement
Advertisement
वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचाररत एक बिरामीलाई रगत आवश्यक परेपछि युवा पत्रकार निरञ्जन शाहले रक्तदान गरेका छन्।
सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा शाहले तत्काल सहयोग आवश्यक रहेको थाहा पाएपछि स्वेच्छिक रूपमा रगत प्रदान गरेका हुन्। अस्पताल स्रोतका अनुसार बिरामीलाई अत्यावश्यक रक्तसञ्चार आवश्यक भएकाले शाहको योगदानले ठूलो सहायता पुगेको छ।
Advertisement
रक्तदान जीवन बचाउने महान कार्य भएकाले सबैलाई यसको महत्व बुझ्न आवश्यक रहेको शाहले बताए। उनले समाजका अन्य युवाहरुलाई पनि मानव सेवामा सक्रिय हुन आग्रह गरेका छन्।




















प्रतिक्रिया