बिरगंजको २ छुट्टा छुट्टै स्थानमा रक्तदान कार्यक्रममा १७ महिला सहित १ सय १३ जनाले गरे रक्तदान

अभिलाष गुप्ता
फाल्गुन २४ बिरगंज

Advertisement

 

रोटरी कलव अफ बिरगंज एवम् रोटरी कलव अफ बिरगंज मेटरोपोलिसको सन्युक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम बिरगंज महानगरपालिका आदर्शनगर स्थित पुरानो बसपार्कको प्रांगण सम्पन्न भएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथी रोटरी कलव अफ बिरगंजका अध्यक्ष निर्मल खत्री एवं विशिष्ट अतिथिमा रोटरी कलव अफ बिरगंज मेटरोपोलिसका अध्यक्ष अनिल जयसवाल,बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईको विशेष उपस्थितिमा सम्पन्न भएको छ।

Advertisement

उक्त रक्तदान कार्यक्रममा ५ महिला सहित ५५ जनाले आफ्नो अमुल्य रक्तदान गरेका थिए। रक्तदान गर्नु हुनेमा सौरभ बर्णवाल,बिकास,राजु,दिनेश लगाएतकाहरुले रक्तदान गरेका थिए। सोको जानकारी नेपाल रेडक्रस सोसाइटी रेसमकोठिका युवा संयोजक अभिलाष गुप्ताले दिएका थिए भने प्राबिधिकमा रक्त संचार बिरगंजका दिल्लीमाया घिमिरेका टाेली द्वारा गरिएको थियोे।

तेसै गरि पर्सा जिल्लाको बिरगंज वडा नम्बर २७ स्थित उदय पुरघुर्मीमा साना किसान कृषि सहकारी संस्थाको २१ औं बार्षिकोत्सवको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सो रक्तदान कार्यक्रममा १२ महिला सहित ५८ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नु हुनेमा सरिता पटेल,मुनि देबि,आनन्द गिरि, कृष्ण पटेल,श्यामसुन्दर ,शत्रुधन यादव,सुरज पटेल,रन्जित यादव लगाएतकाहरुले रक्तदान गरेका थिए।प्राबिधिकमा रक्त संचार बिरगंजका प्रमुख सौरभ राज पाण्डे, नमित चौरसियाका टाेली द्वारा गरिएको थियोे।

Advertisement