पुर्व मन्त्री माननीय जितेन्द्र सोनल द्वारा जुनियर टि 20 क्रिकेट टूर्नामेंट प्रतियोगिताको उद्घघाट्न

 

अभिलाष गुप्ता
फाल्गुन २६ बिरगंज

Advertisement

नेशनल प्याब्सन पर्साद्वारा आयोजित जुनियर टि 20 क्रिकेट
टूर्नामेंट प्रतियोगिताको उद्घघाट्न आज एक कार्यक्रमको आयोजना गरि बिरगंज महानगरपालिका स्थित नारायणी रंगशालामा पुर्व मन्त्री माननीय जितेन्द्र सोनलको प्रमुख आतिथ्मा भब्यताका साथ समुदघाटन सम्पन्न भएको छ। भने नेशनल प्याब्सन पर्साका अध्यक्ष राम राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।उक्त कार्यक्रममा विशिष्ट अतिथीमा नेशनल प्याव्सनको केन्द्रिय उपाध्यक्ष डा० नन्दन यादव, सचिव इन्द्र देव शाह एवं अतिथिमा नेशनल प्याब्सन पर्साका उपाध्यक्ष बिनोद गुप्ता,कोषाध्यक्ष राजेश कुमार लिम्बू,बिरगंज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाई, सदस्यमा उतम गुप्ता,सोनालाल प्रसाद पटेल,शशी प्रकाश साह ,सौकत अल्ली,तारा श्रेष्ठ,मुनिलाल यादव एवम् यस जुनियर टि 20 क्रिकेट टूर्नामेंट प्रतियोगिताको संयोजक सन्तोष साह लगाएतकाहरुको विशेष उपस्थिति रहेको थियोे।

पुर्व मन्त्री माननीय जितेन्द्र सोनलले सम्बोधन गर्दै भने नेशनल प्याव्सनको कार्य एकदम सराहनीय छ।त्यस्तै उनले मधेस सरकारले खेलकुद ऐन पारित गरे संगै अब प्रदेशमा खेलकुद प्रती सरकारले काम गर्न पाउने भएको बताए । मधेस प्रदेशमा खेलकुदको उच्च सम्भावना लाई मध्यनजर गर्दै विभिन्न योजनाहरु ल्याउ खेलकुद मन्त्रालय लाई आवाहन समेत गरे। क्रीकेट खेल लोकप्रीय खेल भएको जिकिर गरे। क्रीकेट टुर्नामेट प्रतियोगिताले नेपाल लाई विश्वकपमा पुर्याउन महत्त्त्वपूर्ण भुमिका खेलेको बताएका थिए।

Advertisement

यस जुनियर टि 20 क्रिकेट टूर्नामेंट प्रतियोगितामा पर्सा जिल्ला भरी बाट नेशनल प्याब्सनमा आबद्ध १६ वटा बिधालयका बालबालिका छात्राहरु भाग लिएका छन। भाग लिने स्कुलहरु यस प्रकारका रहेका नेशनल प्याब्सन पर्साका अध्यक्ष राम राज श्रेष्ठले जानकारी गराएका थिए। ज्ञान निकेतन,विद्या सदन,सिद्धार्थ एकेडेमी,एन्जल वड,ओएसिस माध्यमिक विद्यालय,मदर लैन्ड,पर्सा इश्वर ईङलिस बोर्डिङ स्कूल,आईडियल एकेडेमी,माउन्ट हर्मन,श्री जेपीएस एकेडेमी,ज्ञानोदय मावि,मिशन एकेडेमी,विभूति एकेडेमी,ममता विद्या मन्दिर,शान्ति निकेतन स्कूल
श्री कन्हैया साह ई.बो. स्कुलहरुको सहभागिता रहने छन।उक्त कार्यक्रममा विभिन्न स्कुलका शिक्षक एवं विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।

Advertisement