अभिलाष गुप्ता
फाल्गुन २६ बिरगंज
Advertisement
कुशवाहा बुद्धिजिवी सेवा समाज नेपाल द्वारा होली मिलन समारोह सम्पन्न गरेको छ।आज सोमवारकाे दिन कुशवाहा बुद्धिजिवी सेवा समाज नेपाल तथा नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्य समिति पर्साको संयुक्त आयोजनामा होली मिलन समारोह सुसम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाल कुशवाहा कल्याण समाजका अध्यक्ष अरुण कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको थियोे भने प्रमुख अतिथि पूर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहाको आतिथ्यमा एवम्
विशेष अतिथिमा केन्द्रीय सदस्य सुरेश कुशवाहा , नरसिंह कुशवाहा अतिथिमा डा. राजदेव कुशवाहा, डा.दीपक कुशवाहा,डा. सुदर्शन कुशवाहा, प्रमोद कुशवाहा, विजय कुशवाहा, हरिन्द्र कुशवाहा, अवध कुशवाहा, अनिल कुशवाहा, श्याम कुशवाहा, लगायत कुशवाहा बुद्धिजीवी, शिक्षक, प्राध्यापक, डाक्टर,इन्जिनियर आदि को उपस्थिति रहेको थियो।
अध्यक्ष सन्दिप कुशवाहाका अनुसार होली मिलन समारोहको आयोजनाको उदेश्य हामी दाजु भाईहरुमा भाईचारा कायम रहोस।उक्त कार्यक्रम सञ्चालन मनोज कुशवाहाले गरेका थिए भने स्वागत मन्तब्य कुशवाहा बुद्धिजीवी सेवा समाज पर्साको अध्यक्ष सन्दिप कुशवाहाले व्यक्त गरेका थिए।



















प्रतिक्रिया