राष्ट्रिय मुक्ति पार्टी नेपाल द्वारा होलि मिलन समारोह कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
फाल्गुन २८ बिरगंज

Advertisement

राष्ट्रिय मुक्ति पार्टी नेपालको होलि मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ । आज राष्ट्रिय मुक्ति पार्टी नेपालका संयोजक राजेश साहको अध्यक्षता बिरगंज महानगर पालिका वडा नम्बर ५ स्थित सो होलि मिलन समारोह कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सदस्य नेजामुद्दीन शमानीको बिशेष उपस्थिति रहेको थियो भने, अनिरुद्ध प्र.कलवार, रेखा घिमरे, पार्टीको युवा सङ्घका नगर अध्यक्ष सनिश चतुर्बेदी लगायत जिल्लाका नेताहरूको विशेष उपस्थिति रहेको थियोे।
उक्त अवसरमा प्रमुख अतिथी नेजामुद्दीनले होलि पर्व हर्षोउल्लास र आपसी एकता भाइचाराको पर्व भएकोले यो पर्वलाइ हामि सबैले ब्यक्ति ,परिवार,समाज र देशलाई एकताबद्ध बनाउन समाजमा शान्ति, सुव्यवस्था र आपसी सद्भाव बलियो बनाउने गरि पारम्परिक रुपमा मनाउन आग्रह गर्दै सम्पुर्णलाई हार्दिक बधाई शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी अतिथिहरूले होली पर्वले समाजमा आपसी मेलमिलाप, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उल्लेख गर्दै यस्ता सामाजिक गतिविधिहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको कार्यक्रममा होलिका विभिन्न पारम्परिक गितहरु गाइबजाई सबैजना नाच्दै रमाएका थिए

Advertisement