अभिलाष गुप्ता
फाल्गुन २८ बिरगंज
Advertisement
शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान द्वारा होलि मिलन समारोह सम्पन्न गरेको छ। उक्त कार्यक्रममा प्रतिष्ठान को अध्यक्ष मुना खनालको अध्यक्षमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा सचिव लाल बाबु सिंह, सह सचिब अजित भुजेल, कोषाध्यक्ष बिना आचार्य, वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्याय, प्राध्यापक डा.प्रमोद कुशवाह, जय कुमार दनुवार,समेत सदस्यहरू प्रभु रौनियार सर, शान्ति माली,नवराज भट्टराई,ओसन गुप्ता, शर्मा गोसाई, कन्हैया पटेल सुर्या नारायण बिक,राम सराफ,हरिन्द्र पटेल,श्रवण बहादुर रायमाझी,प्रीया,नेहा मिश्रा,सदस्य अविलास गुप्ता,सुशिला साह,सार्दुल भट्टराई,मंगल भट्टराईको उपस्थिती रहेको थियो।
अवसरमा वरिष्ठ सल्लाहकार प्रकाश उपाध्यायले होलि पर्व हर्षोउल्लास र आपसी एकता भाइचाराको पर्व भएकोले आउदो होलि पर्वलाइ हामिसबैले ब्यक्ति ,परिवार,समाज देशलाई एकताबद्ध बनाउन समाजमा शान्ति, सुव्यवस्था र आपसी सद्भाव बलियो बनाउने गरि पारम्परिक रुपमा मनाउन आग्रह गर्दै सम्पुर्णलाई हार्दिक बधाई शुभकामना ब्यक्त गरेका थिए ।
Advertisement
कार्यक्रममा सहभागी अतिथिहरूले होली पर्वले समाजमा आपसी मेलमिलाप, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उल्लेख गर्दै यस्ता सामाजिक गतिविधिहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको कार्यक्रममा होलिका विभिन्न पारम्परिक गितहरु गाइबजाई सबैजना नाच्दै रमाएका थिए भने सहजीकरण सचिव लाल बाबु सिंहले गरेका थिए।




















प्रतिक्रिया