अभिलाष गुप्ता
फाल्गुन २८ बिरगंज
वीरगन्ज युवा समाज द्वारा वीरगन्ज -५ मा अवस्थित स्टार युरो किडस स्कुलमा २८ गते बुधवार होली मिलन समारोहको आयोजना सुसम्पन्न गरेको छ ।
Advertisement
वीरगन्ज युवा समाजका अध्यक्ष सन्जीव थापाको अध्यक्षता एवं वीरगन्ज वडा -४ का वडाअध्यक्ष जगत साह कानुको प्रमुख आतिथ्यमा तथा पूर्व सशस्त्र प्रहरी बल, नेपालका पूर्व डि.आई.जी. के. बि. बर्माचार्य , वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं , जिल्ला ट्राफिक कार्यालय पर्सा का प्रमुख लोकराज भट्ट, श्रीराम अस्पतालका स्त्रीरोग विशेषज्ञ दिप्ती यादव, डा. प्रीती यादव , पर्सा जिल्ला फुटबल संघका अध्यक्ष रोशन गुप्ता, कान्तिपुर समाचारका पंकज श्रेष्ठ, संस्थाका सलाहकार महेश गौतमको आतिथ्य तथा समाजका पदाधिकारी सदस्यहरु एवं स्थानिय अग्रज , महिला , युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।
समाजका सदस्य सुशील श्रेष्ठ को संयोजकत्व मा भएको कार्यक्रममा स्वागत मन्तव्य समाजका सदस्य पंकज श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सहजीकरण समाजका सदस्य बिनोद धिमालले गरेका थिए ।



















प्रतिक्रिया