अभिलाष गुप्ता
चैत ०४ बिरगंज
Advertisement
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजको टोलिले अटो इ-रिक्सा सहित ३ लाख ६८ हजुर बराबरको कपडा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बालाई पाएको बिशेष सूचनाको आधारमा उक्त अटो इ-रिक्सा सहितको कपडा पक्राउ गरिएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।
भारतको रक्सौलबाट बिरगंजतर्फ आउन्दै गरेको उक्त अटोमा फल्स बटम बनाएर लुकाई छिपाई कपडा भन्सार छली गरिरहेको बिशेष सूचना प्राप्तहुन साथ सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको सो टोलिले उक्त रु,३ लाख ६८ हजार बराबरको अटो सहित कपडा पक्राउ गरिएको हो ।
Advertisement
पक्राउ गरिएको अटो (ई-रिक्सा) कपडा सहित आजै बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल पर्साले जानकारी गराएका थिए।




















प्रतिक्रिया