सरकारले परीक्षालाई निष्पक्ष, मर्यादित र पारदर्शी बनाउन केन्द्राध्यक्ष नियुक्तिका लागि गोला प्रथा अपनाउने नीति तय गरेको थियो तर, सो निर्णय विपरीत जिल्ला परीक्षा समन्वय समितिहरूले केन्द्र भएका विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने प्रक्रिया अघि बढाएपछि प्रदेश सरकारले आपत्ति जनाउँदै एसइई प्रक्रियाबाट अलग भएको मुख्यमन्त्री सिंहले बताए ।‘परीक्षा प्रणालीलाई निष्पक्ष, विश्वसनीय र पारदर्शी बनाउने उद्देश्यले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले निर्देशिका होइन, नियमावलीलाई आधार मान्नुपर्नेमा जोड दिएको थियो । यद्यपि, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको शिक्षा परीक्षा समन्वय समितिले प्रदेश सरकारको निर्देशनको अवज्ञा गर्दै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने निर्णय लिएको छ, जुन प्रदेश सरकारलाई अस्वीकार्य छ ।’ मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा एसइई परीक्षाको गरिमा बढाउन खोजिरहँदा केन्द्राध्यक्ष चयन प्रक्रियामा भएको हस्तक्षेप दुर्भाग्यपूर्ण रहेको बताए । मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चोरी गराउन ठूलो षड्यन्त्र भएको आरोप लगाएका छन् ।



















प्रतिक्रिया