मतगणना अझै सुरु नभएको अवस्थामा क्याम्पस प्रशासन र निर्वाचन समितिले सञ्चारकर्मीलाई क्याम्पस परिसरमा प्रवेश गर्न रोक लगाएपछि मतगणनाको निष्पक्षता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ ।
बुधवार बिहान १० बजे मतगणना सुरु गर्ने घोषणा गरिए पनि दिउँसो १२ बजिसक्दा गणना प्रक्रिया अघि नबढेपछि समाचार सङ्कलनका लागि क्याम्पस पुगेका पत्रकारहरूलाई प्रशासनले प्रहरीको सहायता लिएर प्रवेशमा रोक लगाएको छ ।पत्रकारहरूको प्रवेशमाथि लगाइएको रोगको निर्णयले विद्यार्थी सङ्गठनका नेताहरू आक्रोशित बनेका छन् भने निर्वाचन समितिको नियतमाथि थप शङ्का उत्पन्न भएको छ ।



















प्रतिक्रिया