विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना

नागरिक न्युज डेस्क,चैत्र ०७,पर्सा ।
आज विश्व मुख स्वास्थ्य दिवस । यस वर्षको विश्व मुख स्वास्थ्य दिवसको नारा ‘खुशी मुख खुशी मन ’ भन्ने रहेको छ । यस दिवसका अवसरमा नेशनल मेडिकल कलेजलेमा सचेतना कार्यक्रम गरिएको छ । हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ । कार्यक्रममा १२५ जनालाई निःशुल्क चेकजाँच र उपचारमा १०% डिस्काउन्ट छुट भएको अस्पतालले जनाएको छ। डेन्टल कलेजका प्रो.डा. सरोज प्रसाद देवको अध्यक्षतामा सो कार्यक्रममा प्रमुख अथिति एडमिसन एवं मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी रहनु थियो भने विशिष्ठ अथिति डा. रवि शंकर गुप्ता , एके काशी , गंगा गुरुङ, गौसुल आजम , डेन्टलका डा.हरीश कुमार शाह , डा. सरोज नायक, डा. साना इमानी लगायतको उपस्थिति रहेको थियो।