मानवसेवा आश्रमको प्रयासमा सात वर्षपछि आमा-छोराको मिलन

नागरिक न्युज डेस्क,०८ चैत्र,वीरगञ्ज ।

सात वर्षअघि हराएकी एक मानसिक रूपमा कमजोर महिलाको परिवारसँग पुनर्मिलन भएको छ । इलाका प्रहरी कार्यालय हेलम्बुले २०८० असार १ गते उद्धार गरी मानव सेवा आश्रममा पठाएकी महिलाको परिवार खोज्ने प्रयासले सार्थकता पाएको हो ।May be an image of 1 person, studying and text that says 'ERIGATPIRLICSCHOOL BRIGHT +2 COLLEGE MANAGEMENT & SCIENCE Ignite, Innovate, Inspire and Success SEE ROUTINE 2081 EXAM TIME AM TO 11 (REGULAR) DATE DAY Chaitra' 7 Chaitra 8 Thursday SUBJECT Friday Com. English Chaitra 10 Sunday Com. Com.Nepali Nepali Chaitra 12 Com. Mathematic Tuesday Chaitra 13 Com. Science Chaitra 14 Wednesday Com. Social Studies Thursday Chaitra 15 Friday Optional 1st Optional 2nd SEE 2081 will start from Chaitra 7 9802593401, 9802593403 9802593403,9855026252 9855026252 Ghantaghar-9 Birgunj, Parsa (Near the C.D.0 Office)'वीरगञ्जस्थित मानव सेवा आश्रममा विगत केही वर्षदेखि बस्दै आएकी महिलाको पहिचान खुलाउन आश्रमले दुई दिनअघि फेसबुकमा एउटा भिडियो सार्वजनिक गरेको थियो ।उक्त भिडियो सामाजिक सञ्जालमा धेरैले सेयर गरेपछि उनको घर पत्ता लागेको मानव सेवा आश्रम वीरगञ्जका प्रमुख संस्थापक देवेश गुप्ताले जानकारी दिए । देवश गुप्ताका अनुसार, चैत ७ गते महिलालाई उनका छोरा लखन सिंहलाई जिम्मा लगाइएको छ ।लखन सिंहले आफ्नी आमालाई भारतको मध्यप्रदेशस्थित पन्वासा खचरोडमा रहेको घर लिएर गएका छन् ।

Advertisement