नागरिक न्युज डेस्क,०८ चैत्र,वीरगञ्ज
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहान वीरगञ्जका विभिन्न स्थानमा मर्निङ वाक गर्दै स्थानीय जनतासँग भेटघाट गरेका छन्। प्रचण्डसहितका शीर्ष नेताहरूको टोलीले गण्डक बहुअरीबाट मर्निङ वाक सुरु गरी घण्टाघर, मकालु चोक, आदर्शनगर चोक, घडिअर्वा पोखरी र माईस्थान चोक हुँदै विभिन्न स्थानको अवलोकन गर्दै स्थानीयहरूसँग कुराकानी गरेको हो।
वीरगञ्जका मेयर राजेशमान सिंहले पनि प्रचण्डलाई स्वागत गरेका छन्। मेयर सिंहले भेटघाटका क्रममा वीरगञ्जका समस्या र आवश्यकताबारे जानकारी गराएका थिए।मर्निङ वाककै क्रममा प्रचण्डले वीरगञ्जको प्रसिद्ध बब्लु टी पसलु मा चिया पिएका थिए। उनीसँगै पार्टीका नेता, कार्यकर्ता, भातृ संस्थाका प्रतिनिधिहरू पनि सहभागी थिए।
Advertisement
Advertisement
Advertisement
केहि तस्बिरहरु





















प्रतिक्रिया