खुशी देश मध्ये नेपाल दक्षिण एशियाको सबैभन्दा पहिलो, विश्वमा ९२औं स्थानमा

नागरिक न्युज डेस्क,०८ चैत्र,वीरगञ्ज । नेपाल दक्षिण एशियाको सबैभन्दा खुशी देशको रूपमा सूचीकृत भएको छ। हालै प्रकाशित ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५’ अनुसार नेपाल दक्षिण एशियामा सबैभन्दा अगाडि रहेको छ भने विश्वभर ९२औं स्थानमा परेको छ।May be an image of 1 person, studying and text that says 'AONPIBLESOIOOK KHoou BRIGHT +2 COLLEGE MANAGEMENT & SCIENCE Ignite, Innovate, Inspire and Success DATE SEE ROUTINE 2081 EXAM TIME A to 11 AM (REGULAR) SUBJECT DAY Chaitra 7 Chaitra 8 Thursday Friday Com. English Chaitra 10 Sunday Com. Com.Nepali Nepali Chaitra 12 Com. .Mathematic Tuesday Chaitra 13 Com. Science Wednesday Chaitra 14 Thursday Com. Social Studies Chaitra 15 Optional 1st Friday Optional 2nd SEE 2081 will start from Chaitra 7 9802593401, 9802593403,9855026252 9855026252 9802593403,9 Ghantaghar- 9. Birgunj, Parsa (Near the C.D.0 Office)'नेपालको एक स्थान सुधार १४७ देशको समावेश गरिएको रिपोर्टअनुसार नेपालले ५.३११ अंकसहित ९२औं स्थान हासिल गरेको हो। नेपालले अघिल्लो वर्षको तुलनामा एक स्थान सुधार गर्दै खुशी राष्ट्रहरूको सूचीमा अगाडि बढेको छ।

दक्षिण एशियाका अन्य देशहरूको सूची यसप्रकार रहेको छ:

Advertisement

नेपाल – ९२औं स्थान
पाकिस्तान – १०९औं स्थान
भारत – ११८औं स्थान
श्रीलङ्का – १३३औं स्थान
बङ्गलादेश – १३४औं स्थान
चीन – ६८औं स्थान

विश्वकै सबैभन्दा खुशी देशहरू

Advertisement

खुशी देशहरूको सूचीमा फिनल्यान्ड विश्वकै सबैभन्दा अगाडि रहेको छ। अन्य शीर्ष १० खुशी देशहरू यस प्रकार छन्:

फिनल्यान्ड
डेनमार्क
आइसल्यान्ड
स्वीडेन
नेदरल्याण्ड्स
कोस्टारिका
नर्वे
इजरायल
लग्जेम्बर्ग
मेक्सिको

Advertisement

अमेरिकाको स्थान खस्कियो

अमेरिका भने गत वर्षभन्दा एक स्थान तल झर्दै २४औं स्थानमा पुगेको छ। अघिल्लो वर्ष २३औं स्थानमा रहेको अमेरिका यस वर्ष सूचीमा तल झरेको रिपोर्टमा उल्लेख छ।नेपालको खुशी सूचीमा सुधार हुनु सकारात्मक संकेत मानिएको छ। आर्थिक स्थिरता, सामाजिक सम्बन्ध, स्वास्थ्य सेवा र जीवनस्तर जस्ता सूचकहरूले खुशी मापन गर्न मद्दत गर्ने गर्छन्।