जय गुरुदेव एकेडेमीको दोस्रो वार्षिकोत्सब शनिबार भव्यताका साथ सम्पन्न

शन्नी कुमार पटेल, चैत्र ०९ ।

पर्साको कालिकामाइ गाउँपालिकामा रहेको जय गुरुदेव एकेडेमीले दोस्रो वार्षिकोत्सब शनिबार भव्यताका साथ मनाएको छ । दोस्रो वार्षिकोत्सबको अवसरमा विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको हो । सो अवसरमा विद्यार्थीहरुले नृत्य, वक्तित्व कला, गायन, सामाजिक संदेश दिने खालका सामूहिक ड्रामालगायतका प्रस्तुत गरेका थिए ।स्कूलका सञ्चालक रामबाबु साहको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी पूर्व मन्त्री माननीय सिंगासन साह कलवारले कार्यक्रमको समुद्घाटन गर्दै कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । प्रमुख अतिथी साहले यस स्कूलका बिधार्थी, शिक्षक शिक्षिका लगायत सम्पूर्ण टिमको कडा मिहिनेत देखेर आर्फू धेरै खुशी भएको बताए । उनले स्कूलका विद्यार्थीहरुले प्रस्तुतीहरु निक्के प्रभावशाली रहेको र आउने दिनमा अझ राम्ररी गर्दै शिक्षा प्रदान गर्न आग्रह गरे । साथै उनले अभिभावकहरुलाई पनि धन्यवाद दिए ।

Advertisement

     सो अवसरमा कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ठ गुप्ता, पोखरिया नगरपालिकाका पूर्व मेयर दिपनारायण रौनियार, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै विधालयले आयोजना गरेको विभिन्न प्रतियोगिताहरुमा प्रथम, दुईतिय र तेस्रो हुने विधार्थीहरुलाई मेडल, शिल्ड र प्रमाणपत्र वितरण गरिएको विधालयका प्रधानाध्यापक हितेश राणा थापाले जानकारी दिए । कार्यक्रममा विद्यालयका विजय शाह, बलिराम शाह ,सुनिल कुशवाहा ,विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका सञ्चारकर्मी लगयतहरुको सहभागीता रहेको थियो ।

Advertisement