जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता पक्का

नागरिक न्युज डेस्क, १० चैत्र,वीरगंज :

मधेश केन्द्रित दुई प्रमुख दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकता गर्ने निष्कर्षमा पुगेका छन्। आगामी केही दिनमै एकता घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ।May be an image of 1 person, studying and text that says 'AONPIBLESOIOOK KHoou BRIGHT +2 COLLEGE MANAGEMENT & SCIENCE Ignite, Innovate, Inspire and Success DATE SEE ROUTINE 2081 EXAM TIME A to 11 AM (REGULAR) SUBJECT DAY Chaitra 7 Chaitra 8 Thursday Friday Com. English Chaitra 10 Sunday Com. Com.Nepali Nepali Chaitra 12 Com. .Mathematic Tuesday Chaitra 13 Com. Science Wednesday Chaitra 14 Thursday Com. Social Studies Chaitra 15 Optional 1st Friday Optional 2nd SEE 2081 will start from Chaitra 7 9802593401, 9802593403,9855026252 9855026252 9802593403,9 Ghantaghar- 9. Birgunj, Parsa (Near the C.D.0 Office)'शनिबार सम्पन्न नाउपाको केन्द्रीय समिति बैठकमा जनमत अध्यक्ष डा. सिके राउत र नेपाल समाजवादी पार्टी (नेसपा) की उपाध्यक्ष मानुषी यमी भट्टराईको उपस्थिति रहनु विशेष चर्चाको विषय बन्यो। जनमतसँग एकता गर्ने तयारीमा रहेको नाउपाको बैठकमा नेसपा नेतृको उपस्थितिले ‘जनमत–नाउपा एकतासँगै नेसपाको समेत समायोजन हुन सक्छ’ भन्ने अड्कल चलाइए पनि नेसपाले भने तत्काल कुनै एकता वार्ता नभएको स्पष्ट पारेको छ।यसैबीच, नाउपा संरक्षक रेशम चौधरीले ‘पहिचानको मुद्दा उठाउन टाउकोमा राख्नुपरे मेरी छोरी मानुषी पठाइदिउँला’ भनेर बाबुराम भट्टराईले आफूसँग गरेको भनाइ सार्वजनिक गरेपछि थप चर्चा चल्न थालेको छ। तर, नेसपाका नेताहरूले यो विषयलाई फरक कोणबाट व्याख्या गरिएको भन्दै खण्डन गरेका छन्।जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार जनमत–नाउपाबीच एकता गर्ने सहमति भइसकेको छ। एकीकृत पार्टीको नेतृत्व जनमत अध्यक्ष डा. राउतले गर्नेछन् भने नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्षका रूपमा रहनेछिन्। नाउपा संरक्षक रेशम चौधरी भने नयाँ दलको संरक्षककै भूमिकामा रहने जनाइएको छ।एकताको बाँकी प्राविधिक पक्षहरू टुंगो लगाउन दुबै दलले कार्यदल गठन गरेका छन्। नाउपाले महासचिव गंगा चौधरीको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको छ भने जनमतले उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा कार्यदल गठन गरिसकेको छ।

Advertisement