इजराली आक्रमणमा ५० हजारभन्दा बढी प्यालिस्टिनीको मृत्यु

नागरिक न्युुुुुुज डेस्क, चैत्र ११,काठमाण्डौं : इजरायल–हमास युद्ध सुरु भएयता इजरायली आक्रमणमा परी गाजामा मारिने प्यालिस्टिनीको संख्या ५० हजार नाघेको छ। May be an image of 1 person, studying and text that says 'AONPIBLESOIOOK KHoou BRIGHT +2 COLLEGE MANAGEMENT & SCIENCE Ignite, Innovate, Inspire and Success DATE SEE ROUTINE 2081 EXAM TIME A to 11 AM (REGULAR) SUBJECT DAY Chaitra 7 Chaitra 8 Thursday Friday Com. English Chaitra 10 Sunday Com. Com.Nepali Nepali Chaitra 12 Com. .Mathematic Tuesday Chaitra 13 Com. Science Wednesday Chaitra 14 Thursday Com. Social Studies Chaitra 15 Optional 1st Friday Optional 2nd SEE 2081 will start from Chaitra 7 9802593401, 9802593403,9855026252 9855026252 9802593403,9 Ghantaghar- 9. Birgunj, Parsa (Near the C.D.0 Office)'हमासमा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार २०२३ को अक्टोबर ७ यता इजरायली आक्रमणमा मारिने प्यालेस्टिनीको संख्या ५० हजार २१ पुगेको छ भने यो संख्या युद्ध सुरु हुनुअघिको २३ लाख जनसंख्याको करीब २ दशलमव १ प्रतिशत हो।यस अवधिमा एक लाख १३ हजार २७४ जना घाइते भएका छन्। मारिनेमा कति गैरसैनिक र कति हमास लडाकु थिए भन्ने कुरा भने छुट्याइएको छैन। २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा अचानक र अभूतपूर्व रूपमा आक्रमण गरी करीब १२ सयको ज्यान लिनुका साथै २५१ जनालाई बन्धक बनाएपछि त्यसको प्रतिकारमा इजरायलले गाजामाथि भीषण सैन्य कारबाही थालेको थियो।गाजा युद्ध सुरु भए यता २०२३ को नोभेम्बरमा ७ दिनका लागि र त्यसपछि यसैवर्षको जनवरी १९ देखि गरी दुई पटक अस्थायी युद्धविराम भएका छन्। दुवै पटक गरी हमासले ८ शवसहित १४७ बन्धक रिहा गरेको छ। यस्तै इजरायली सेनाले ८ जना बन्धकलाई जीवितै मुक्त गराएको छ भने ४१ जनाको शवको उद्धार गरेको छ। हमासको नियन्त्रणमा अहिले पनि ५९ बन्धक रहेको र तीमध्ये २४ जना मात्र जीवित रहेको विश्वास गरिएको छ। यी बन्धकमा हमासले अक्टोबर ७ मा अपहरण गरेका २५१ जनाका अतिरिक्त २०१४ र २०१५ मा गाजा प्रवेश गरेका दुई जना र २०१४ को युद्धमा मारिएका दुई सैनिकको शवको तथ्यांक पनि समेटिएको अन्तर्राष्ट्रिय समाचार समिति एपीले जनाएको छ।यही मार्च १८ मा इजरायलले गाजामाथि भीषण हवाई आक्रमण गरी ६ सयभन्दा बढीको ज्यान लिएपछि जनवरी १९ देखि सुरु भएको युद्धविराम धराशायी भएको थियो।

Advertisement