नागरिक न्युुुुुुज डेस्क, चैत्र ११,पर्सा । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ टोल तित्रौनाका पर्सागढी ल्यान्स कलबद्वारा आयोजित प्रथम पर्सागढी मेयर कप ०८१/०८२ क्रीकेट टुर्नामेन्ट प्रातियोगिता आइतबारदेखि शुरु भएको छ ।प्रतियोगिताकाका विजेतालाई नगद रु ७८ हजार र उपविजेता टोलीलाई नगद रु ४० हजार र कप प्रदान गरिने प्रतियोगिताका आयोजक पर्सागढी ल्यान्स कलबका अध्यक्ष देबेन्द्र यादव तथा पर्सागढी नगरपालिका–६ का वडा सदस्य जितेन्द्र यादवले जानकारी दिनुभयो ।
प्रतियोगितामा नगरका आठ टोलीबीच प्रतिष्पर्धा हुने जनाइएको छ । युवालाई कुलतबाट बचाउन तथा शारीरिक सुगठनका लागि सचेत बनाउने उद्देश्यका साथ प्रथम पर्सागढी मेयर कपको आयोजना गरिएको प्रतियोगिताका आयोजक पर्सागढी ल्यान्स कलबका अध्यक्ष यादवले जानकारी दिनुभयो ।नगर प्रमुख गौकरण पाठकले यस वर्षबाट शुरु गरिएको प्रथम पर्सागढी मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस कार्यक्रमका बीच आइतबार तित्रौनाको खेल मैदानमा नगरपालिकाका प्रमुख गौकरण पाठक, समाजसेवी बिनोद यादव, कार्यक्रमका सभापति तथा पर्सागढी नगरपालिका–६ का वडा सदस्य जितेन्द्र यादवले क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
Advertisement
यस कार्यक्रममा प्रमुख अतिथि पर्सागढी नगरपालिकाका नगर प्रमुख गौकरण पाठक , वरिष्ठ अतिथि समाजसेवी बिनोद यादव, पर्सागढी नगरपालिकाका वडा नम्बर ७ नेकपाका वडा सभापति नन्दु पटेल , समाजसेवी करिमन यादव, नितेश (शर्मा) पटेल, सिकेन्द्र पटेल,रामजनम यादव लगाएतको उपस्थिति थियो ।
प्रथम पर्सागढी मेयर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा सखुवाप्रसौनी गाउँपालिका विजयी
Advertisement
पर्सागढी नगरपालिका वडा नम्बर ६ टोल तित्रौनाको खेल मैदानमा आयोजित पहिलो दिनको टि-२० क्रिकेट प्रतियोगितामा सखुवाप्रसौनी गाउँपालिकाले जितेको छ ।प्रतियोगिताको पहिलो इनिङमा सखुवाप्रसौनी गाउँपालिकाले १५ ओभर २ बलमा अल आउट हुँदै १०६ रन जोडेको थियो । सखुवाप्रसौनी गाउँपालिकाका खेलाडी मोनु (हार्दिक पाण्डे)ले सर्वाधिक ४६ रन जोडेका थिए ।खेलको दोस्रो इनिङमा धोबिनी गाउँपालिकाले १० ओभरमा १० विकेट गुमाउँदै ७० रन बनएको थियो । प्रतियोगिताको पहिलो खेल सखुवाप्रसौनी गाउँपालिकाले जितेको थियो भने म्यान अफ द म्याचको पुरस्कार मोनु (हार्दिक पाण्डे) पाएका थिए ।




















प्रतिक्रिया