नागरिक न्युज डेस्क, चैत्र १२,बारा : बाराको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनियमितता गर्ने दुई निरीक्षकलाई पदबाट हटाउन निर्देशन जारी भएको छ ।मङ्गलवार प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले दुई जना निरीक्षकहरूलाई पदबाट हटाउने निर्णय लिएको हो ।
महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक प्रमोद कुमार यादव र विष्णु आचार्यले परीक्षाको मर्यादा उल्लङ्घन गरेको ठहर गरिएको छ । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार, उनीहरूले गरेको अनुचित कार्यका कारण निरीक्षकको जिम्मेवारीबाट हटाउन केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ । “दुवै निरीक्षकलाई तत्काल जिम्मेवारीबाट हटाउन बैठकले निर्णय गरेको छ,” सहायक प्रजिअ भट्टराईले भने । आज परीक्षार्थीहरूले विज्ञान विषयको परीक्षा दिएका छन् ।



















प्रतिक्रिया