सरिस्वा नदि प्रदूषिण नियन्त्रण बाहिर,चैती छठमा पनि सफा नहुने संकेत

नागरिक न्युज डेस्क, चैत्र १२,पर्सा : यस वर्षको चैती छठमा सरिसवा सिर्सिया नदी झन् प्रदूषित हुने सङ्केत देखिएको छ । वीरगञ्ज महानगरपालिकाअन्तर्गतका उद्योगहरूले प्रदूषित पानी नदीमा नबगाए पनि बारा जिल्लाका जीतपुरसिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकाका केही उद्योगहरूले अटेरी गर्दै सिर्सियामा विषाक्त पानी मिसाउने क्रम जारी राखेका छन् ।May be an image of 1 person, studying and text that says 'AONPIBLESOIOOK KHoou BRIGHT +2 COLLEGE MANAGEMENT & SCIENCE Ignite, Innovate, Inspire and Success DATE SEE ROUTINE 2081 EXAM TIME A to 11 AM (REGULAR) SUBJECT DAY Chaitra 7 Chaitra 8 Thursday Friday Com. English Chaitra 10 Sunday Com. Com.Nepali Nepali Chaitra 12 Com. .Mathematic Tuesday Chaitra 13 Com. Science Wednesday Chaitra 14 Thursday Com. Social Studies Chaitra 15 Optional 1st Friday Optional 2nd SEE 2081 will start from Chaitra 7 9802593401, 9802593403,9855026252 9855026252 9802593403,9 Ghantaghar- 9. Birgunj, Parsa (Near the C.D.0 Office)'वीरगञ्ज महानगरपालिकाले चैती छठलाई ध्यानमा राखी सिर्सिया नदी प्रदूषणबारे निरन्तर अनुगमन गरिरहेको छ । तर, बारा जिल्लाका उद्योगहरूले महानगरको अनुगमन टोलीलाई असहयोग गरिरहेको वातावरण अधिकृत प्रकाश ऐरले बताए । उनका अनुसार जीतपुरसिमराको कृष्ण डाल्डा उद्योग, शिवशक्ति र नन्दन घ्यू उद्योग, कोहिनूर टेक्सटाइल्स, परवानीपुर गाउँपालिकाको अमृत तेल रिफाइनरी, महालक्ष्मी तेल रिफाइनरी र नारायणी तेल मिलले प्रदूषित पानी खेत हुँदै नदीमा मिसाइरहेका छन् ।अनुगमन टोलीलाई उद्योगहरूमा प्रवेशसमेत रोकिएको छ भने, जिल्लाका प्रमुख प्रशासकीय अधिकृतहरूले दिएको अनुगमन अनुमति पत्रसमेत उद्योगहरूले बेवास्ता गरेका छन् । अधिकृत ऐरका अनुसार सिर्सिया नदीको मूल मुहान रामवनबाट आउने पानी सुकेका कारण अहिले नदीमा मात्र प्रदूषित औद्योगिक फोहोर पानी बगिरहेको छ । उनले बारा जिल्लाका उद्योगहरूकै कारण ८५ प्रतिशत नदी प्रदूषण बढेको आरोप लगाए ।वीरगञ्ज महानगरपालिका क्षेत्रका उद्योगहरूले भने केही सुधार देखाएको ऐरले बताए । अरनिको र सिद्धि टेक्सटाइल्सले पोखरी निर्माण गरी प्राकृतिक रूपमा पानी प्रशोधन गरिरहेको छ भने, सुशील वनस्पति र निम्बस उद्योगले प्रदूषित पानी विसर्जन गरेको सूचनाका आधारमा अनुगमन गर्दा प्राविधिक समस्या देखिएको र सुधार भइसकेको जानकारी दिए ।नगरप्रमुख राजेशमान सिंहले तीन वर्षअघि सिर्सिया नदी प्रदूषणमुक्त पार्ने अभियान चलाएका थिए,

Advertisement