नागरिक न्युज डेस्क, चैत्र १३, काठमाडौं : सुनसरीको इटहरीस्थित सेन्टर प्लाजामा आगलागी भएको छ। १० तले प्लाजाको पाँचौँ र छैटौँ तलामा बिहान करिब साढे ९ बजेदेखि आगो लागेको हो ।
ती तलामा क्युएफएक्स सिनेमा हल तथा एक होटल सञ्चालनमा रहेको छ। आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी, रामधुनी र सुन्दरहरैचा लगायतका स्थानीय तहबाट गएका दमकल, नेपाली सेना र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन्। आगलागीको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।



















प्रतिक्रिया