ईदको अवसरमा नेशनल मेडिकल कलेजद्वारा गरिब तथा अनाथ बालबालिकालाई नयाँ कपडा वितरण

नागरिक न्युज डेस्क,चैत्र १३ गते पर्सा : हरेक वर्षझैं यस वर्ष पनि वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजले ईदको अवसरमा पर्सा र बाराका विभिन्न अतिमखाना (अनाथालय) र मदरसामा अध्ययनरत गरिब तथा अनाथ छात्रछात्रालाई नयाँ कपडा वितरण गरेको छ।May be an image of 1 person, studying and text that says 'AONPIBLESOIOOK KHoou BRIGHT +2 COLLEGE MANAGEMENT & SCIENCE Ignite, Innovate, Inspire and Success DATE SEE ROUTINE 2081 EXAM TIME A to 11 AM (REGULAR) SUBJECT DAY Chaitra 7 Chaitra 8 Thursday Friday Com. English Chaitra 10 Sunday Com. Com.Nepali Nepali Chaitra 12 Com. .Mathematic Tuesday Chaitra 13 Com. Science Wednesday Chaitra 14 Thursday Com. Social Studies Chaitra 15 Optional 1st Friday Optional 2nd SEE 2081 will start from Chaitra 7 9802593401, 9802593403,9855026252 9855026252 9802593403,9 Ghantaghar- 9. Birgunj, Parsa (Near the C.D.0 Office)'रमजान महिनाको अन्त्यमा मनाइने ईद उल-फित्र पर्वमा नयाँ कपडा लगाउने चलन रहेकाले आर्थिक रूपमा कमजोर बालबालिकाले पनि यो पर्व हर्षोल्लासका साथ मनाउन सकून् भन्ने उद्देश्यले कलेजले यस्तो सामाजिक पहल गर्दै आएको छ।कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारीका अनुसार, “ईदको दिन कोही पनि दुःखी नहोस् भन्ने सोचका साथ हामीले गरिब तथा अनाथ बालबालिकालाई नयाँ कपडा वितरण गर्दै आएका छौं। यसले उनीहरूको अनुहारमा खुसी ल्याउने हाम्रो प्रयास हो।”यस पटक पर्सा र बाराका ९ वटा अतिमखाना तथा मदरसाका करिब ५ सय जना छात्रछात्रा लाई पुग्ने गरी कुर्ता–पाइजामा को कपडा वितरण गरिएको कलेजका एडमिसन तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अंसारीले जानकारी दिए।यस सामाजिक कार्यले आर्थिक रूपमा विपन्न बालबालिकालाई पनि पर्वको उमंग महसुस गराउने मात्र नभई, समुदायमा सहयोग र सद्भावको भावना बढाउन महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।

Advertisement