नागरिक न्युज डेस्क, चैत्र १४,बारा : बारामा माध्यमिक शिक्षा परीक्षा एसइई चलिरहँदा बिहीबार छैटौँ दिन ऐच्छिक प्रथम विषयको परीक्षामा एक जना छात्रा बेहोस भएकी छिन् ।
जिल्लाको सदरमुकाम कलैयास्थित श्री महावीर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ब्रम्हपुरी परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी विनिका बस्नेत बेहोस भएकी हुन् ।बस्नेतलाई प्रादेशिक अस्पताल कलैयामा उपचार गराइएको हो । उनको स्वास्थ्यमा पहिलादेखि नै समस्या रहेको परिवारले जनाएको छ ।बस्नेत जितपुरसिमरा उपमहानगरपालिका – १६ स्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा रहेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । उपचारपछि सामान्य अवस्था भएपछि उनलाई परीक्षामा सामेल गराइएको र परीक्षाको लागि ३० मिनेट अतिरिक्त समय प्रदान गरिएको प्रजिअ अधिकारीले बताए ।त्यस्तै, कलैया – ६ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मर्दशा परीक्षा केन्द्रका एक जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।प्रजिअ अधिकारीको अध्यक्षतामा बुधवार बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले निरीक्षक बबी चौधरीलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइएको हो ।परीक्षाको मर्यादा विपरीत कार्य गर्ने निरीक्षक चौधरीलाई हटाइएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।परीक्षा केन्द्रका केन्द्राध्यक्ष मनोजकुमार साहलाई सचेत गराइएको उनले बताए ।



















प्रतिक्रिया