नागरिक न्युज डेस्क,चैत्र १७, पर्सा ।
नबिल बैंक मधेस प्रदेश शाखामा कार्यरत सन्तोष कुमार साह सडक दुर्घटनामा परेका तीन जनाको उद्धारगरी मानवताको उदाहरण पेश गरेका छन्। अहिले को व्यस्त जीवन शैली सबै आ आफनै काममा लागि रहेको अवस्थामा बैकर्स सन्तोष कुमार साह सामाजिक कार्यमा लागेका छन । उनको सबैलाई सहयोग गर्ने बानी नै छ । यस अघि पनि उनिले मधेश आन्दोलनका घाईते,अस्पतालमा उपचारको क्रममा रहेका असाहायलाई पनि मद्त गरेका थिए ।सोहि क्रममा शनिबार बाराको सिमराबाट वीरगञ्ज फर्कने क्रममा जितपुरमा भएको दुर्घटनामा २८ वर्षीय सुशील बिडारी, उनकी आमा गङ्गा बिडारी, र जितपुरका भागिरथ साह गम्भीर घाइते छटभटाई रहेकाहरुलाई तत्काले उद्धार गरी अस्पताल सम्मपुर्याउनु भयो ।सन्तोष साहले एक क्षण नसोची आफ्नो गाडी रोके, घाइतेहरूलाई अस्पताल पुर्याए, र आवश्यक सबै औपचारिकता पूरा गरे। उनको त्वरित निर्णय र निस्वार्थ सेवाभावले तीन अमूल्य जीवन जोगियो।अस्पतालका चिकित्सकहरूका अनुसार समयमै उपचार नपाएको भए ठूलो क्षति हुन सक्थ्यो। अहिले तिनै घाइतेहरूको अवस्था स्थिर रहेको बताएका छन।सन्तोष साहको यो साहसिक कार्य समाजका लागि प्रेरणादायी बनेको छ। “मानवता नै सबैभन्दा ठूलो धर्म हो।” भन्ने नारालाई साकार पारेका छन बैंकर साहले




















प्रतिक्रिया