नागरिक न्युज डेस्क,चैत्र २० बारा । मधेश प्रदेशका गृहसञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सम्पुर्ण संचारकर्मीहरुलाई आचारसंहिता पालना गर्न अत्यन्तै आवस्यक रहेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ बाराले आयोजना गरेको पत्रकार आचार संहित सम्बन्धी कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै मन्त्री राजकुमार लेखीले पत्रकारहरुको जीवन बिमा गर्ने संदर्भमा १० दिन भित्र आम सञ्चारकर्मीहरुको लागि गर्न सकिन्छ सहयोगको बारेमा कमिटी गठन गरेर अगाडि बढ्ने बताए । मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा लगायतले मंत्व्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कोष अध्यक्ष तथा संस्कार एफ.एमका प्रबन्ध निर्देशक अनिल गौरोले गरेका थिए ।




















प्रतिक्रिया