शनिबार वीरगञ्जमा भएको रक्तदान कार्यक्रममा १४३ पोका रगत संकलन

नागरिक न्युज डेस्क,चैत्र २३ पर्सा । वीरगञ्जमा शनिबार भएको रक्तदान कार्यक्रममा १४३ पोका रगत संकलन भएको छ । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानले गिता मंन्दिरमा आयोजना गरेका कार्यक्रममा ६ जना महिला सहित ६६ जनाले रक्तदान गरेका छन भने अभिभावक संघको घण्टाघरमा आयोजना गरेको कार्यक्रममा ४ जना महिला सहित ७७ जनाल रक्तादन गरेको रक्तसंचार केन्द्रका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनु भयो ।
गिता मन्दिरमा शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो भने घण्टाघरमा भएको रक्तदान कार्यक्रम अभिभावक संघका अध्यक्ष संदिप साहको अध्यक्षतामा सम्पन्न भएको हो । रक्तदान गर्नेहरुमा श्रीकांति गिरी,अंजल कुमारी साह, गÞुल्पÞmी डोमिन, ज्ञानमाया रायमाझी, सार्दुल भट्टराई, सुबास सिंह, नवराज भट्टराई, नन्दन जौमार, डोईराज थपलिया, अञ्जली हुरो, मनमोहन शर्मा, अंकित साह, अजय प्रजापतिलगायत रहेका छन ।

 

Advertisement