नागरिक न्युज डेस्क, चैत्र २३, पर्सा । वीरगञ्जको प्रसिद्ध शक्ति पीठ गहवामाई मन्दिरबाट शनिवार चैते दसैँको अष्टमीको अवसरमा आयोजित गहवामाई माताको दोस्रो निशान सहितको डोली यात्रा भव्य रूपमा सम्पन्न भएको छ ।
गहवामाई मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको निशानसहितको डोली यात्रामा सहभागी भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र साहले सामाजिक संस्थाहरूको सहयोगले कार्यक्रमको गरिमा अझ बढेको भन्दै धन्यवाद व्यक्त गरे ।यात्राले २ नम्बर रोड, बिर्ता मन्दिर, अलखीयामठ, महावीरस्थान हुँदै माईस्थानको चोक परिक्रमा गरी पुनः गहवामाई मन्दिरमा फर्केर समापन भएको थियो ।यात्रामा सहभागी भक्तजनलाई गहवामाई माताको तस्बिर अङ्कित निशान वितरण गरिएको थियो । समितिका अनुसार प्रति निशान ३ सय ५ रुपैयाँ शुल्क तोकिएको थियो । गत वर्ष पहिलो डोली यात्रामा ६५० वटा निशान वितरण गरिएको जानकारी दिँदै यस वर्ष पनि उस्तै उत्साह देखिएको आयोजकले बताएका छन् । डोली यात्रापछि साँझ मन्दिर प्राङ्गणमा महाआरतीको आयोजना गरिएको छ ।



















प्रतिक्रिया