वीरगञ्जमा टु द भीआर क्रिकेट टुर्नामेन्ट सुरु

नागरिक न्युज डेस्क, चैत्र २३, पर्सा । वीरगञ्जमा आजदेखि रोमाञ्चक टु द भीआर क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।सोसियल युथ युनिटी क्लबको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा आयोजित प्रतियोगिताको उद्घाटन पर्सा क्रिकेट संघ (क्यान) का अध्यक्ष मनिष सिंह र प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे मगरले संयुक्त रूपमा गरेका थिए । May be a graphic of 6 people, people studying and text that says 'KNPIBLCSOHDEL BAGE BRIGHT PUBLIC SCHOOL Ignite, Ignie,innovate,InspireandSucoess Innovate, Inspire and Success ADMISSION OPEN For New Session 2082 "THE BEST GUIDANCE FOR YOUR KIDS" Your Child Deserves the Best ! Admission Open for PG, Nursery to 9. ENAOLL NOW Entrance Date Chaitra, 30 Saturday 7:00 AM 9802593401 9802593403, 9802593403,9855026252 ,9855026252 Ghantaghar-9 Birgunj, Parsa [Near the C.D.0 Office)'कार्यक्रम क्लबका अध्यक्ष विक्की मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो ।टुर्नामेन्टमा महानगरपालिकाका विभिन्न वडाबाट छ वटा टोलीले सहभागिता जनाएका छन् । प्रतिस्पर्धामा मुरली स्ट्राइकर्स, मुरली इलेभेन स्टार्स, मुरली नाइट राइडर्स, आरआर हार्डवेयर, ब्रेभ रिबेल्स र एमएसीएस बीआरजे टोलीहरू समावेश छन् ।आज भएको उद्घाटन खेलमा ब्रेभ रिबेल्स र मुरली नाइट राइडर्सबीच रोमाञ्चक भिडन्त देखियो । १६ ओभरको खेलमा टस जितेर पहिले बलिङ रोजेको ब्रेभ रिबेल्सविरुद्ध मुरली नाइट राइडर्सले शानदार प्रदर्शन गर्दै १४.३ ओभरमा सबै विकेट गुमाएर १०७ रनको सम्मानजनक योगफल बनायो ।जवाफमा १०८ रनको लक्ष्य पछ्याएको ब्रेभ रिबेल्स १०.५ ओभरमा मात्र ६७ रन बनाएर अलआउट भयो । मुरली नाइट राइडर्सले खेल ४० रनको फराकिलो अन्तरले जित्दै टुर्नामेन्टमा विजयी सुरुवात गरेको छ ।

Advertisement