फेटा गाउँपालिकाको इदगाह टोलमा गहुँ खेतमा आगलागी

नागरिक न्युज डेस्क, चैत्र २४ ,बारा : बाराको फेटा गाउँपालिका–३, इदगाह टोलमा गहुँको खेतमा आगलागी हुँदा दुई कठा गहुँ पूर्ण रूपमा जली नष्ट भएको छ।May be a graphic of 6 people, people studying and text that says 'KNPIBLCSOHDEL BAGE BRIGHT PUBLIC SCHOOL Ignite, Ignie,innovate,InspireandSucoess Innovate, Inspire and Success ADMISSION OPEN For New Session 2082 "THE BEST GUIDANCE FOR YOUR KIDS" Your Child Deserves the Best ! Admission Open for PG, Nursery to 9. ENAOLL NOW Entrance Date Chaitra, 30 Saturday 7:00 AM 9802593401 9802593403, 9802593403,9855026252 ,9855026252 Ghantaghar-9 Birgunj, Parsa [Near the C.D.0 Office)'स्थानीय सुरेन्द्र प्रसाद साहले आफ्नो खेतमा गहुँ नलमा आगो लगाइरहेको समयमा अचानक आगोको झिल्का उडेर नजिकै रहेको सहदेव गिरीको गहुँ बारीमा सरेर आगलागी भएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिनुभयो।घटनास्थलमा स्थानीयबासी र ईलाका प्रहरीको सहयोगमा दमकल प्रयोग गरी समयमा नै आगो नियन्त्रणमा लिइएको थियो। यद्यपि, सहदेव गिरीको ५ कठा क्षेत्रफलमा फैलिएको गहुँ बालीमध्ये २ कठा गहुँ पूर्ण रूपमा जली नष्ट भएको प्रहरीले जनाएको छ।आगलागीबाट करिब रु १५,००० बराबरको क्षति भएको अनुमान गरिएको छ। प्रहरीका अनुसार यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ र आगलागीको जोखिमबाट जोगिन सावधानी अपनाउन स्थानीयलाई आग्रह गरिएको छ।

Advertisement