माइतीघर-बानेश्वर सडकमा शिक्षकहरूको सिठी जुलुस

नागरिक न्युज डेस्क, चैत्र २४ ,काठमाडौं : शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन्। केही दिनयता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज काठमाडौंको माइतीघरमा सिठी जुलुस निकालेका हुन्।May be a graphic of 6 people, people studying and text that says 'KNPIBLCSOHDEL BAGE BRIGHT PUBLIC SCHOOL Ignite, Ignie,innovate,InspireandSucoess Innovate, Inspire and Success ADMISSION OPEN For New Session 2082 "THE BEST GUIDANCE FOR YOUR KIDS" Your Child Deserves the Best ! Admission Open for PG, Nursery to 9. ENAOLL NOW Entrance Date Chaitra, 30 Saturday 7:00 AM 9802593401 9802593403, 9802593403,9855026252 ,9855026252 Ghantaghar-9 Birgunj, Parsa [Near the C.D.0 Office)' उनीहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन्। नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन्।गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन्।

Advertisement