नागरिक खबर न्युज डेस्क, चैत्र २५, पर्सा । वीरगञ्ज स्कुल आफ लमा अध्ययनरत विद्यार्थीहरुले संघिय कानुन मन्त्री अजय कुमार चौरसिया संग भेटघाट गरेका छन । विद्यालयका प्र.अ। अधिवक्ता चन्द्रिका प्रसाद पटेलको नेतृत्वमा रहेका विद्याथीहरुको टोलिले बिभिन्न कानुनी सवलाहरुमा छलफल गरेको प्र.अ.पटेलले नागरिक खबरलाई जानकारी दिनु भयो । हालको कानुनमा छोरीको बिवाहको उमेर २० वर्ष कायम गरिकोले यो उमेरलाई १८ वर्ष कायम गर्न मिल्छ कि नाई ? समाजमा भित्ररुपमा वालबिवाह बढेको तथा बिभिन्न कानुन उलंघनका घटना सतहमा आएको सवलामा मन्त्री चौरसियाले महिलाबादि संघसंस्था तथा महिला प्रजनन स्वास्थ्यका कुरा देखाएर महिला सांसदहरुले बिरोध गरेकोले उक्त कानुनमा परिवर्तन गर्न नसकिएको बताए ।
यसै बिच अमेरिकामा कायम रहेको लैला मजनु कानुन नेपालमा लागु हुन सक्ने अवस्था उपर पनि जिज्ञासा राखेका थिए । जवाफमा मन्त्री चौरसियाले हालका लागि यस बिषयमा कुनै कुरा नउठेको र आगामी दिनमा यस बिषयमा परामर्श गर्ने पनि बताउनु भयो । कानुनु मन्त्री संग विद्यालयको कोषमा रहेको बिषयमा अतरक्रिया गर्न पाउँदा विद्यार्थीहरु निकै उत्साहित रहेको प्र.अ पटेल नागरिक खबरलाइ बताए । भेटघाट निकै उपलब्धी मुलक रहेको उनको भनाई छ ।



















प्रतिक्रिया