वीरगञ्जको ग्यालेक्सी स्कुलमा महानगरको सिल

नागरिक न्युज डेस्क,चैत्र २७, पर्सा । वीरगञ्जमा अवैधरूपमा सञ्चालित ग्यालेक्सी सेकेन्डरी स्कुलमा महानगरपालिकाले सिलबन्दी गरेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं.१० आदर्श टोलमा रहेको उक्त स्कुलमा महानगरपालिकाको टोलीले सिलबन्दी गरेको हो ।

May be a graphic of 8 people, people studying and text that says 'RREEPILESCHOCL BRIGHT PUBLIC SCHOOL Ignite, Innovate, Inspire and Sucoess ADMISSION OPEN For New Session 2082 "THE BEST GUIDANCE FOR YOUR KIDS" Your Child Deserves the Best ! Admission Open for PG, Nursery to 9. ENAOLL ENAOLLNOW NOW Entrance Date Chaitra, 30 Saturday 7:00 AM 9802593401. 9802593403,9855026252 9802593403,9 3,9855026252 Ghantagha 9, Birgunj, Parsa [Near the C.D.0 Office)'विद्यालयले आफ्नो विद्यालयमा भर्ना भएका विद्यार्थीहरुको अध्ययनमा ध्यान दिनुपर्नेमा अवरोध गर्नुका साथै वार्षिक परीक्षा सञ्चालनमा समेत अवरोध गरेको थियो । यसका साथै व्यवसाय कर, घर बहाल कर, एकिकृत सम्पत्ति कर लगायतका कर नबुझाएको, विद्यालय अनुमति पत्र नविकरण नभएको, इमिस अध्यावधिक नरहेको, पटक पटक कागजात माग्दा विवरण उपलब्ध नगराएपछि बुधबार विद्यालयको मुल गेटमा सिलबन्दी गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए । महानगरपालिकाले अनुमति नलिई अवैध रूपले संचालनमा रहेका विद्यालयलाई कारबाही गर्दै आएको छ ।

Advertisement