जीतपुरसिमरा गोल्डकप: मच्छिन्द्र फाइनलमा

नागरिक न्युज डेस्क,चैत्र २७,बारा । मच्छिन्द्र फुटबल दोश्रोपटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । १५ औँ संस्करणको पहिलो सेमिफाइनलमा मङ्गलवार राती चितवनको हनामी विएफसी भरतपुरलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गरेको हो । गत बर्ष सम्पन्न १४ औँ संस्करणको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबसँग पराजित मच्छिन्द्र पुनः एकपटक उपाधि नजिक पुगेको छ । May be a graphic of 8 people, people studying and text that says 'RREEPILESCHOCL BRIGHT PUBLIC SCHOOL Ignite, Innovate, Inspire and Sucoess ADMISSION OPEN For New Session 2082 "THE BEST GUIDANCE FOR YOUR KIDS" Your Child Deserves the Best ! Admission Open for PG, Nursery to 9. ENAOLL ENAOLLNOW NOW Entrance Date Chaitra, 30 Saturday 7:00 AM 9802593401. 9802593403,9855026252 9802593403,9 3,9855026252 Ghantagha 9, Birgunj, Parsa [Near the C.D.0 Office)'मच्छिन्द्रको जीतमा सब्स्टीच्युट खेलाडी अनिल रानामगरले निर्णायक गोल गरे । प्रशिक्षक सन्तोष न्यौपानेले ६५ मिनटसम्म बेन्चमा राखेका अनिल सविन गुरुङको ठाउँमा मैदान प्रवेश गरेका थिए । भरतपुर विरुद्धको महत्त्वपूर्ण खेलमा मैदान प्रवेश गरेको तेस्रो मिनटमै गोलको खडेरी तोड्दै अनिलले मच्छिन्द्रलाई रोमाञ्चक जित दिलाए । खेलको ६८ औँ मिनटमा अनिलले गरेको गोल नै निर्णायक बन्यो । मच्छिन्द्रका रेजिन सुब्बाले अघि बढाएको बल खोस्दै भरतपुरका विमल थोकरले दिएको  पास नियन्त्रण गर्न अघि बढेका भरतपुरका गोलरक्षक मनोज गुरुङलाई बिट गर्दै अनिलले गोल गरेका थिए । पहिलो र दोस्रो हाफमा भरतपुरले निकै आकर्षक अवसरहरू बनाएको थियो । अधिकांश समय खेल आफ्नो नियन्त्रणमा राखे पनि फिनिसिङ लाइन कमजोर बन्दा भरतपुर प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरियो । खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच मच्छिन्द्रका रेजिन सुब्बा घोषित भए । उनलाई ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक सुभद्रा लामा र ग्रीन इनर्जीका शैलेस शाहले १० हजार नगद र ट्रफि प्रदान गरे । बुधबार दोस्रो सेमिफाइनलमा आयोजक नवजनजागृति युवा क्लब सिमराले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।

Advertisement